बुटवल,असार ७ ।
महिला पत्रकारका लागि बुटवलमा लेखन वृत्ति सम्बन्धी तिन दिने तालिम शुरू भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र क्रियाशील पत्रकार महिला डब्लु डब्लु जे रुपन्देहीको आयोजनामो तिन दिने तालिमा सुरु भएको हो ।
महिला पत्रकारहरुलाई तालिमको माध्यमबाट क्षमता अभिवृद्धि गराई समाचार लेखनमा दक्ष बनाउने अभिप्रायले तालिमको सुरु गरिएको हो ।
तालिमकोे उद्घाटन सत्रमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पत्रकारिताको विकासका लागि सहकार्य गर्न नगर तयार रहेको बताउनुभयो । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न यस्ता तालिम फलदायी हुने बताउनुभयो । नगरपालिकाले गरेका कामका बारेमा पत्रकारहरुले सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्नुभयो ।
बुटवललाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु अघि सारेको बताउदै उहाँले सबै विषयमा सचेत बनाउने गरि समाचार लेख्न आग्रह गर्नुभयो ।नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेगरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताउनुभयो ।कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेवी अर्यालले पत्रकारीता क्षेत्रमा महिलाको क्षमता विकास गर्न नगरले कुनै कसर बाकि नराख्ने बताउनुभयो । साथै उहाँले सुशासन ,विकाश र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पत्रकारीता क्षेत्रले सजग र सचेत बनाउनका साथै सकरात्मक कार्यको प्रवर्धनको अपेक्षा गरिएको बताउनुभयो ।
तालिमको सहजिकरण गर्दै बुटवल उपमहानगरपालिका प्रेस विज्ञ सिपी खनालले प्रविधिको तिब्र विकास संगै पत्रकारीताका माध्यमहरुको बिकास भएको भन्दै समाजले खोजेका विषयवस्तु पस्किन सक्नुपर्ने बताउनुभयो । उहाँले नगरका समाचारका विषयवस्तुको बारेमा जानकारी गराउनुभयो ।
पत्रकार दिनेस पाण्डेले पत्रकारीतालाई नीति निर्माण तहसम्म कसरी पुर्याउने ,पत्रकारको कार्यक्षेत्र कर्तब्य एवम सिमाबारे सचेतना अभिवृद्धि कसरी गराउने ,समाचरको स्रोतहरु के के हुन सक्छन् लगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।कार्यक्रम क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे का अध्यक्ष कल्पना तिवारीको अध्यक्षता र सचिव बिन्दु भट्टराइको संचालनमा भएको हो । तालिममा जिल्लाका ४५ महिला पत्रकारहरुको सहभागिता रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)