बुटवल,असार ५ ।
बैंक तथा वित्तीय संस्था पिडीतहरूले आज बुटवलमा बिरोध प्रदर्शन गरेका छन् ।
बैंक तथा वित्तीय संस्था पिडीत समन्वय समिति रूपन्देहीको आयोजनामा आज दिउँसो १ बजे बुटवलको राजमार्ग चौराहबाट सुरु भएको बिरोध जुलुस मिलनचोक,बसपार्क,अस्पताललाईन हुँदै ट्राफिक चोक पुगेर सभामा परिणत भएको छ ।
प्रदर्शनकारीहरूले बैंक तथा वित्तीय संस्थाको ज्यादती बन्द गर,बैंक तथा वित्तीय संस्थाका दलाल होसियार,कोरोनाकालको ब्याज मिनाहा गर जस्ता नारा लगाएका थिए ।
टन्टलापुरे घामको प्रवाह नगरी बैंक तथा वित्तीय संस्था पिडितहरू प्रदर्शनमा उत्रिएका हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)