बुटवल,असार ४ ।
बुटवल १५ ढवाहामा रहेको वेस्टर्न मेगा कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई कोटिहवामा रहेको राेयल टाईगर रिकेशन प्रा.लि.(क्यासिनो)मा रोजगारी गर्न पाउने भएका छन् । वेस्टर्न मेगा कलेज र सिद्धार्थ रोयल टाईगर रिकेशन प्रा.लिबिच उक्त कलेजमा वि.एच.एम.अध्ययन गर्ने तथा उतिर्ण भएका विद्यार्थीलाई रोजगारी दिने समझदारी भएको हो ।
उक्त समझदारीमा वेस्टर्न मेगा कलेजको तर्फबाट प्राचार्य अधिवक्ता किसु शर्मा र सिद्धार्थ रोयल टाईगर रिकेशन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक रुपक गौतमले हस्ताक्षर गर्नुभएको छ ।
यो सम्झौतासगै अव वेस्टर्न मेगा कलेजमा वि.एच.एम. अध्ययनरत विद्यार्थीले कलेजको निर्धारित समय पछि २ देखि रातीको १० बजेसम्म फुल टाईम जागीर गर्न पाउने छन् । त्यस्तै सिद्धार्थ रोयल टाईगर रिकेशन प्रा.लि.ले प्रचलित श्रम ऐन अनुसार पारिश्रमिक र पोशाक उपलब्ध गराउनेछ ।
कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले विद्यार्थीले सिकेको सीपलाई रोजगारीमा जोड्नको लागि कलेले सिद्धार्थ रोयल टाईगर रिकेशन प्रा.लि.संग समझदारी गरिएको बताउनु भयो । उहाँले अनुसार कलेजमा अध्ययनरत विद्यार्थीले अध्ययनसंगै सीप अनुसारको रोजगारी गरेर आयआर्जन गर्न सकोस भन्ने उद्देश्यले कलेजले तेस्रो सेमेस्टरबाटै बिद्यार्थीलाई हस्पिटालिटी व्यवसायमा रोजगारीको लागि पहल गर्दै आएको छ ।
अध्ययनसंगै सम्बन्धित विषयमा काम गर्न पाए विद्यार्थीले प्रयोगात्मक ज्ञान पनि आर्जन र्न सक्ने र आफ्नो अध्ययनमा आवश्यक खर्चको समेत व्यवस्थापन गर्न सक्ने भएकाले यसबाट विद्यार्थीले लाभ लिन सक्नेछन् । वेस्टर्न मेगा कलेज यस प्रदेशकै पहिलो बि. एच एम अध्यापन गराउने कलेज हो । यसले आफनै रिसोर्ट सञ्चालन गरेको छ । उक्त रिसोटमा विद्यार्थीलाई निःशुल्क स्विमिङ उपल्बध गराउदै आएको कलेजले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)