Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवल-नारायणघाट सडक अवरुद्ध भएमा एक घण्टाभित्र सुचारु गरिने

बुटवल-नारायणघाट सडक अवरुद्ध भएमा एक घण्टाभित्र सुचारु गरिने

  • 798
    SHARES

  • बुटवल-नारायणघाट सडक अवरुद्ध भएमा एक घण्टाभित्र सुचारु गरिने

    नवलपरासी,जेठ २९ ।

    नारायणघाट-बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ । मनसुन भित्रिएसगै पुर्व तयारी स्वरुप पश्चिम् र पुर्वी खण्डको सिमानामा पर्ने दाउन्नेमा यात्रा सहज बनाउनका लागि पुर्वी र पश्चिम् नवलपरासीका सुरक्षा निकाय र आयोजना कम्पनी बिच सोमबार बिनयी त्रिबेणी गाउँपालिकामा भएको छलफलले सडक सहज बनाउने निर्णय गरेको हो ।

    पुर्वी नवलपरासी र पश्चिम नवलपरासी गरि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रा सहज गर्ने बिषयमा विभिन्न छलफल भएको पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो ।

    पहिरो जोखिम क्षेत्रमा नियमित ढङ्गबाट सडक सुचारु गर्नका लागि यान्त्रिक उपकरण र मानवीय स्रोतको व्यवस्थापन आयोजनाले गर्ने निर्णय भएको पश्चिम् खण्डका आयोजना प्रमुख शसाङ्क मिश्रले बताउनु भयो  । "दश किलोमिटर क्षेत्रमा अलि समस्या हुन सक्छ,बर्षातमा पहिरो जाने,सवारीसाधन फस्ने हुँदा तुरुन्तै यात्रा सहज गर्न हामिले ५ स्थानमा  जनशक्तिसहित यान्त्रिक उपकरणको ब्य्वस्था मिलाएका छौ ।" मिश्रले भन्नूभयो ।

    आयोजनाबाट उपलब्ध यान्त्रिक उपकरण र अपरेटरको विवरण जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)लाई आयोजनाले उपलब्ध गराउनुपर्ने र २४ घण्टा नै तयारी अवस्थामा रहनु पर्ने बैठकमा निर्णय भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology