Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा लुम्बिनी प्रदेश स्तरिय नृत्य निर्देशक कार्यशाला

बुटवलमा लुम्बिनी प्रदेश स्तरिय नृत्य निर्देशक कार्यशाला

  • 1.5K
    SHARES

  • बुटवलमा लुम्बिनी प्रदेश स्तरिय नृत्य निर्देशक कार्यशाला

    बुटवल,जेठ २६ ।

    नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजना र नृत्य निर्देशक संघ नेपाल रुपन्देहीको सहआयोजनामा बुटवलमा लुम्बिनी प्रदेश स्तरिय नृत्य निर्देशक कार्यशाला सुरु भएको छ ।

    कार्यशालाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी बुटवल उप – महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले नृत्य बिधालाई स्कुल देखिनै सिकाउदै लैजानु पर्ने बताए । यो बिधालाई घर स्कुल सबै तिर व्यापक रुपमा बढाउदै लैजानु पर्नेमा जोड दिदै नृत्य निर्देशन गर्ने शिक्षकहरुलाई पनि कसरी व्यवस्थित गर्ने भनेर बुटवल उप – महानगरपालिकाले आगामी आर्थिक बर्षमा प्याकेजमा कार्यक्रम ल्याउनका लागि नृत्य संघ संग सहकार्य गर्न तयार भएको बताए ।

    कार्यक्रममा नृत्य निर्देशक संघका केन्द्रिय अध्यक्ष भुवन श्रष्ठले नृत्यलाई कसरी सिकाउने र कसरी परिमार्जन गरेर लैजाने  भन्ने महत्वपुर्ण कुरा हुने उनले बताए । नृत्य बिधालाई पठनपाठनका रुपमा अगाडि बढाउनु  पर्ने भन्दै त्यसका लागि विधालयका पाठ्यक्रमहरुमा नै समावेश गर्नुपर्नेमा जोड दिए ।

    त्यस्तै राष्ट्रिय नाच घरका पुर्व प्रवन्धक लक्ष्मण रायमाझीले ज्ञान बुद्वि बाडेर बाडिने भएकाले जति सकिन्छ त्यति धेरै ज्ञान बुद्वि बढ्ने बताए  । नृत्य जगतलाई सवल र सक्षम बनाउदै लैजान सके यो बिधाले फड्को मार्ने रायमाझीले तर्क गरे । कार्यक्रममा रुपन्देही उद्योग संघकी सचिव मञ्जु भुसालले समय समयमा हुने यस्ता खालका रचनात्मक कार्यक्रमहरुले नृत्य क्षेत्रको विकास ,संरक्षण र प्रवद्धनमा टेवा पुग्ने भन्दै आगामि दिनमा पनि कार्यक्रलाई निरन्तता दिनु पर्ने बताईन ।

    स्कुलहरुमा विद्यार्थीहरुलाई कसरी पठनपाठन गराउने , परिक्षा कसरी लिने ,पाठ्यक्रम कसरी बनाउने भन्ने बिषयलाई केन्द्र बनाएर कार्यशाला आयोजना गरिएको हो । ३ दिन सम्म चल्ने कार्यशाला कार्यशालामा स्कुल,कलाकेन्द्रका नृत्य शिक्षक, नृत्य निर्देशक गरि लुम्बिनी प्रदेसका ६० जनासहभागीता रहेको छ । कला र संस्कृतिको लागि हाम्रो अभियान , स्कुल स्कुलमा नृत्य शिक्षाको ज्ञान भन्ने नारा सहित २५ गते देखी २७ गते सम्म संचालन हुने उक्त कार्यशालामा नृत्य निर्देशक संघका केन्द्रिय अध्यक्ष भुवन श्रेष्ठ लोक नृत्य बिशेषज्ञ रोचक थापाले प्रशिक्षण दिने छन् ।

    लुम्बिनी प्रदेशमा रुपन्देही , कपिलवस्तु ,दाङ,अर्घाखाँची, नवलपरासी , पाल्पामा गरी ६ वटा जिल्लामा नृत्य निर्देशक संघ गठन गरिएको छ । कार्यक्रम नृत्य निर्देशक संघ लुम्बिनी प्रदेसका अध्यक्ष लोकेन्द्र साहको अध्यक्षतामा  तथा नृत्य निर्देशक संघ रुपन्देहीका सल्लाहकार डिल्ली नारायण पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।

    “नृत्य हाम्रो अभिमान , कला र संस्कृतिको पहिचान ” भन्ने नाराका साथ कार्यक्रम भएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology