Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ४२६ जनामा कोरोना पुष्टि,नेपालमा सक्रिय संक्रमितको संख्या ६०४८

थप ४२६ जनामा कोरोना पुष्टि,नेपालमा सक्रिय संक्रमितको संख्या ६०४८

  • 1.9K
    SHARES

  • थप ४२६ जनामा कोरोना पुष्टि,नेपालमा सक्रिय संक्रमितको संख्या ६०४८

    बुटवल,पुस १७- 

    पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७४८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २९, कास्कीमा २६, बाँकेमा २३, दाङमा १९, झापामा १६, चितवनमा १३, रुपन्देहीमा १२, रसुवा र कञ्चनपुरमा ११-११ र मोरङमा १० जना कोरोना संक्रमित भेटिएका छन् ।

    हाल सक्रिय संक्रमितको संख्या ६०४८ रहेको छ ।कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८६४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology