Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फोहोर मैला ब्यवस्थापनले चम्कियो सिद्धार्थनगर 

फोहोर मैला ब्यवस्थापनले चम्कियो सिद्धार्थनगर 

  • 3.3K
    SHARES

  • फोहोर मैला ब्यवस्थापनले चम्कियो सिद्धार्थनगर 

    बुटवल बैसाख २६ ।

    रुपन्देहीको सिद्धार्थनगर वडा नं १ मा स्थानीय रामवती गुप्ताको सानो फलफूल  पसल छ । नजिकै नगरपालिकाले फोहोर ब्यवस्थापनको काम गर्दै आएको छ ।

    ‘पहिले–पहिले फोहोरको डंगुरले पसलमा बस्न पनि समस्या थियो,अहिले खासै दुर्गन्ध आउदैन ,ठिकै छ ।’ उहाँले भन्नुभयो । सिद्धार्थनगर नगरपालिकाले नगर सरसफाइलाई अभियानकै रुपमा चलाएको छ । अभियानले यतिबेला सिद्धार्थनगर निकै सुन्दर र पर्यटकीय गन्तब्य बन्न थालेको छ ।

    वि.स. २०६९ सालदेखि नै नगर सरसफाइको अभियान सुरु गरेको नगरपालिकाले  फोहोरमैला व्यवस्थापनमा निकै मेहनत गरेको नगरका प्रवक्ता तथा वडा न ४ का वडाध्यक्ष समेत रहेका मुक्तिनाथ यादवले जानकारी दिनुभयो ।

    फोहोर ब्यबस्थापनका लागि नगरले कुल १ सय ५ जना कर्मचारी परिचालन गरेर नगरमा संकलन हुने दैनिक २० देखि २५ टन फोहोर ब्यवस्थापन गरेको यादवको भनाइ  छ । अहिले ३० लाखमा बार्षिक फोहोरमैला ब्यबस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।bhairahawa.jpg
    उहाँले वडा न १ डण्डा खोला छेउमा ब्यस्थित ढंगले फोहोर संकलन र ब्यवस्थापन गरिरहेको र दैनिक २४ वटा फोहोर बोक्ने गाडी परिचालन गरिएको बताउनुभयो । रुट मिलाएर १३ वटै वडाको फोहोर दण्डा छेउमा लगेर थुपारिएको माटोमा जेसिभीको मदतमा फोहोर ब्यबस्थापन गरिएको उहाँको भनाइ छ ।

    वडा न १ का वडाअध्यक्ष  उज्जवल पोखरेलले आफ्नो वडामा फोहोर ब्यबस्थापनले सहज ढंगले भएको बताउनुभयो । अहिले घरघरमै घरमै फोहोर उठाउने गाडी आउने र बोरामा संकलन गरेर फोहोर फाल्दै आएको होटल ब्यबसायी लक्ष्मी पोखरेल बताउनुहुन्छ ।
    ‘घरमै –पसलमै गाडी फोहोर लिन आउँछ ,त्यसैमा फाल्ने गरेको छु,पहिले त बाटोमै फोहोर नउठाएर दुर्गन्ध फैलिन्थ्यो ,अहिले त बाटोघाटो सबै सफा छ ।’पोखरेलले सुनाउनुभयो । ‘सिद्धार्थनगरका  सरसफाइ अभियानले सफा त भयो तर यो अस्थायी रुपमा मात्रै, दीर्घकालीन रुपमा व्यवस्थापन नगरेसम्म हुदैन । ’स्थानीय कविता गौतमको भनाइ छ ।‘नगरमा ब्यबसाय चलाउनेहरुले घर अगाडी नै बाटोमा फोहोर फालिदिने काम गर्ने गरेको वडा न १ का महिला सदस्य हरि माया गुरुङ्गको गुनासो छ ।

    जथाभावी फोहोर फालिदिदाँ पानी जाने नाला भरिन्छ, लामखुट्टे लाग्ने,दुर्गन्ध फैलिने डर हुन्छ ।यसमा सजग बन्नुपर्छ । ’उहाँले भन्नुभयो ।कतिपय अवस्थामा फोहोर जथाभावी फाल्नेलाई सिद्धार्थनगर नगरपालिकाले , नगर प्रहरी परिचालन गरी कारबाही समेत गरेको र सचेत बनाएको नगर प्रमुख इश्तियाक अहमद खाँनको भनाइ छ ।

    ‘डम्पिङ साइट बनाउने र दीर्घकालिन समाधानका लागि सबैजनप्रतिनिधिसंग धेरै पटक छलफल भएको र अर्काे बर्ष सम्ममा केही टुंगो लाग्ने छ । ’उहाँले भन्नुभयो ।
    फोहोर मैला व्यवस्थापन सिद्धार्थनगर नगरपालिका कार्यालयको आयोजनामा वृहत नगर सफाइ अभियानमा घरदैलो कार्य गरेकाले नगर सफा सहजै सफा भैरहेको स्थानीयको भनाइ छ ।सिद्धार्थनगर नगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐन २०७४ मा पनि सरल सहज रुपमा फोहोरमैला व्यवस्थापनका लागी विभिन्न कार्यनीति बनाइएको उहाँको भनाइ छ ।foh.jpg

    सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले फोहोर मैला ब्यबस्थापन साथसाथै नगरमा वृक्षारोपण गरेर नगरलाई हरियाली बनाउने काम पनि संगै गरिएको बताउनुभयो ।

    उहाँले नगरपालिकाको अभियानमा नगरबासीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । नगरलाई ‘क्लीन’, ‘ग्रीन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउनका लागि विरुवा वितरण गरेर वृक्षारोपण गरेको उहाँको जानकारी दिनुभयो ।foh.jpg
    खुल्ला रुपमा जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्दै दण्ड सजायको पनि व्यवस्था भएको छ  तर त्यसका साथै   नागरिकलाइ सचेत बनाउन लागेको नगरपालिकाको खानको भनाइ छ ।

    नगरको प्रमुख चुनौतीका रुपमा रहेका फोहोरमैला व्यवस्थापन सरकारको मात्र दायित्व नभई प्रत्येक नागरिकको कर्तव्य पनि रहने र उसमा सिद्धार्थनगरका नागरिकको साथ रहेको उहाँको भनाइ छ । नेपाल–भारतको सिमाना जोडिएको मुख्य नाका साथै यही गौमतबुद्ध अन्तराष्ट्रिय विमानस्थल भएकाले सबैको ध्यान जाने भएकाले नगरको सुन्दरतामा ध्यान दिएर योजना अगाडि बढाइएको नगरपालिकाको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology