Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका ९० प्रतिशत सडक कालोपत्रे र आकर्षक 

बुटवलका ९० प्रतिशत सडक कालोपत्रे र आकर्षक 

  • 3.0K
    SHARES

  • बुटवलका ९० प्रतिशत सडक कालोपत्रे र आकर्षक 

    बुटवल,चैत्र २९ ।

    बिकासको गति लिएको बुटवल उपमहानगरपालिकाका सबैजसो सडक चिल्ला र कालोपत्रे गरिएको छ । बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक बाहेक अन्य सबैजसो सडकहरू आकर्षक देखिन्छन् । कतिपय स्थानका सडकमा दुबैतिर ग्रिनरी समेत गरेर चिटिक्क पारिएको छ ।

    भित्री सडक निर्माण सम्पन्न भएपछि यसले बुटवललाई थप आकर्षक बनाएको छ ।योगिकुटीबाट पुरानोबसपार्क जाने कालिकापथ सडक निर्माण सम्पन्न भएपछि यसले बुटवल सहरको स्वरुप नै परिर्वतन गरेको छ ।

    साथै यो सडक सम्पन्न भएपछि मुख्य राजमार्गमा सवारीको चाप समेत केही कम भएको छ । यस्तै बुटवलको देविनगर–देवसिद्धीचोक, सुख्खानगर, जेसिजचोक, अमर पथ लगायतका सडकको निर्माण सम्पन्न भइसकेको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डयले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।pul.jpg

    देविनगर हुँदै रङगशाला जाने सडक पनि निर्माणधिन अवस्थामा रहेको छ । यो सडक पनि लामो सयमसम्म स्थानीयहरुको विवादका कारण , सडक डिभिजन कार्यालय, प्रदेश सरकारविच आवश्यक समन्वयमा समस्या हुँदा लामो समयसम्म अलपत्र परेको थियो ।

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डयले स्थानीयहरु र सम्बन्धीत निकायसँग आवश्यक समन्वय र छलफल गरी विवाद मिलाए पछि अहिले यो सडक निर्माणको कामले गति लिएको छ । यो सडकको निर्माण सम्पन्न भए पश्चात बुटवललाई यसले थप आकर्षक बनाउने छ । 

    यस्तै मिलनचोक, देविनगर, बुद्धनगर हुँदै झोलुङ्गे पुलसम्म जाने वाइपास सडक निर्माण भएपछि तिनाउ पुलको सवारी चाप कम भएको छ । यद्यपी बुद्धनगरमा स्थानीयहरुको विवादका कारण केही ठाउँमा सडक निर्माण रोकिएको छ । विवादका कारण रोकिएको सडकको निर्माण स्थानीयहरुलाई मिलाएर सम्पन्न गर्ने तयारी भइरहेको छ । pul.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology