बुटवल,चैत २३ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरा नियुक्त हुनु भएको छ ।शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।उहाँको सफत भने चैत २५ गते आइतबार हुने भएको छ ।
मुख्यमन्त्री महराले गठबन्धन दलहरू नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी , नेकपा एकिकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४४ जनाको हस्ताक्षरसहित शुक्रबार मात्रै मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको थियो ।शुक्रबार मात्रै नागरिक उन्मुक्तिका ४ जनाले सामूहिक हस्ताक्षर गरी समर्थन जनाएका थिए ।
त्यसपछि महरालाई ४८ जनाको समर्थन जुटेको छ।लुम्बिनी प्रदेश सभामा हाल ८६ सदस्य छन । सरकार निर्माण गर्न ४४ सदस्य प्रयाप्त हुन्छ ।महरालाई अब नागरिक उन्मुक्तिका चारसहित नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, जसपाका ३, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरि ४८ जनाको समर्थन जुटेको छ। बिहीबार मात्रै नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीबाट राजीनामा घोषणा गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)