Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

  • 1.3K
    SHARES

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

    बुटवल,चैत २२ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजानीमा दिनुभएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट बिहीबार राजीनामा दिनुभएको हो । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले राजीनामा गरेको बताउनुभयो ।

    मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहित साना दलको साथ लिएर सरकार जोगाउने प्रयास गरेपनि असफल भएपछि राजीनामाको गर्नुभएको हो । मुख्यमन्त्री चौधरी वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

    मुख्यमन्त्री चौधरीले प्रदेशसभालाई सम्बोधन गर्नुहुँदै राजनीतिक उथलपुथलले सङ्घीयता खतरामा रहेको समेत बताउनुभयो । पटक–पटक सरकार बन्ने र भत्कने खेलले प्रदेशको औचित्य साबित गर्न नसकिने भन्दै अब दलहरू प्रदेश, सङ्घीयताको औचित्य पुष्टि गर्नेगरी छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

    मुख्यमन्त्री चौधरीले राजीनामा गरेपछि लुम्बिनीमा नयाँ सरकारको गठनको बाटो खलेको छ । नयाँ गठबन्धनमा लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने सहमति भएको छ । गठबन्धनको नेतृत्व गर्दै माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नुहुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology