बुटवल,चैत्र ९ ।
बुटवल १३ मा रहेको बेबी स्टार मन्टेश्वरी स्कुलले पाँचौ बार्षिकोत्सब मनाएको छ । बेलबासमा एक कार्यक्रमको आयोृजना गरि बार्षिकोत्सव मनाएको प्रिन्सिपल गिता बञ्जाडेले बताउनुभयो ।
बिद्यालयका अध्यक्ष हेमन्तराज मरासीनीको अध्यक्षता तथा शिक्षा शाखाका सहायक निर्देशक कमला चुदालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा स्कोलर्स होमका प्राचार्य बाबुराम बन्जाडे,अटिजम केयर सोसाइटीका डा.सतिष रुपाखेती,लिटिल फिंगरका लक्ष्मी पोखरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नाचगान तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)