बुटवल,चैत्र ८ ।
बुटवल १३ मा रहेको बेबी स्टार मन्टेश्वरीस्कुलले पाँचौ बार्षिकोत्सबको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । स्कुल तथा नेपाल नियमित रक्तदाता संघ र निउरे टोल बिकास संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
सो कार्यक्रममा ५३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा प्रिन्सिपल गिता बञ्जाडेले बताउनुभयो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दयाबहादुर सिलवालले पछिल्लो समय युवापुस्तामा रगतदानको महत्व बढ्दै गइरहेको बताउनुभयो ।
कार्यक्रममा बिद्यालयका अध्यक्ष हेमन्तराज मरासीनी, नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)