Logo शनिवार, श्रावण १६ गते २०८३
images

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश रुपन्देहीमा,सहकारी ठगीमा अनुसन्धान गरिने

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश रुपन्देहीमा,सहकारी ठगीमा अनुसन्धान गरिने

  • 1.4K
    SHARES

  • पूर्वउपराष्ट्रपतिका छोरा दिपेश रुपन्देहीमा,सहकारी ठगीमा अनुसन्धान गरिने

    काठमाडौं,चैत ३ ।

    काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही लगिएको छ ।रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार राति नै रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ ।

    रुपन्देहीको सुप्रिम सहकारीले सर्वसाधारणको ९६ करोड रुपैयाँ बचत फिर्ता गर्न सकेको छैन । बचत फिर्ता नपाएका पीडितले दिपेशविरुद्ध पनि उजुरी दिएका थिए र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले पनि पुनलाई कारबाही गर्न सिफारिस गरेको थियो । तर अहिले भने उनलाई सहकारी ठगीमा अनुसन्धानका लागि रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology