Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रूरूक्षेत्र स्थित हनुमान शीलाले पायो नयाँ जीवन,धार्मिक गन्तब्य बनाइने

रूरूक्षेत्र स्थित हनुमान शीलाले पायो नयाँ जीवन,धार्मिक गन्तब्य बनाइने

  • 5.4K
    SHARES

  • रूरूक्षेत्र स्थित हनुमान शीलाले पायो नयाँ जीवन,धार्मिक गन्तब्य बनाइने

    बुटवल,चैत्र २ गते ।

    गुल्मी,पाल्पा र स्याङ्जाको संगम स्थल रूरूक्षेत्रमा रहेको हनुमान शीलाले पूनर्जीवन पाएको छ । रिडीको तिनमुखे पुलबाट स्याङ्जातर्फको भीरमा रहेको हनुमान थानलाइ सामाजिक सञ्जाल मार्फत् आर्थिक संकलन गरेर पुनर्निर्माण गरिएको हो ।

    अहिले सो हनुमान शीलालाइ पूर्ण आकृति दिएर सजाइएको छ भने वरिपरि रेलिङ् ,घण्टीहरु राखिएको रिडीका युवा अभियान्ता सुन्दर कसजूले नागरिक अनलाइनलाइ बताए ।

    हनुमान थानलाइ रंगरोगनपछि सो क्षेत्रको नयाँ धार्मिक एवम पर्यटकीय गन्तब्यका रुपमा विकास भैरहेको छ । अहिले यहाँ दैनिक सयौँ मानिस हनुमानको दर्शन गर्न जान थालेका छन् । तीनमुखे पुल बनेपछि यसको सौन्दर्यता र महत्व अझै बढेको छ भने आवत जावतमा सहजता थपिएको छ ।

    हनुमान थानको रुपमा मात्र सिमित रहेको सो स्थानलाइ अब वाटिकाको रुपमा बिकसित गर्दै लैजाने योजना अनुरुप  अब राम र सीताको मूर्ति बनाएर हनुमान वाटीका नामाङ्कन गरिनेछ ।

    यो पुर्ननिर्माण अभियानका लागि देश तथा बिदेशबाट दाताहरु मार्फत् करिब ८ लाख रुपैया संकलन भएको कसजूले नागरिक अनलाइनलाइ बताए ।


    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology