Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

गार्गीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

गार्गीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

  • 2.7K
    SHARES

  • गार्गीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

    बुटवल,फागुन १९ ।

    गार्गी एकेडेमी बुटवल–११ देविनगरमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिएको छ । विद्यालयका अध्यक्ष रण बहादुर थापाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

    सो अवसरमा बोल्दै उपप्रमुख सावित्रा अर्यालले स्थापनाको छोटा समयमा गार्गीले एकेडेमीले चुमेको सफलताको प्रशंसा व्यक्त गरिन् । उनले बुटवलको शैक्षिक विकासलाई राष्ट्रिय स्तरमा पु¥याउन संस्थागत विद्यालयले ठूलो भूमिका खेलेको समेत बताइन । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० नेपालका केन्द्रीय सदस्य टिकाराम न्यौपानेले राज्यले देशको शैक्षिक विकासमा संस्थागत विद्यालयहरूले पु¥याएको योगदानको नजरअन्दाज गर्न नहुने बताए ।

    कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले विधालय अभिभावकहरुको माया र सदभावले नैं विद्यालयले छोटो समयमा सफलता हासिल गर्न सफल भएको बताए । स्कूलमा अब शैक्षिक क्रियाकलापलाई परिवर्तन गरी पढाउने सोच अघि बढाएको समेत प्राचार्य जानकारी दिए ।gargi.jpg

    १३ वर्ष अघि २८७ जना विधार्थीबाट सुरू भएको एकेडेमीमा अहिले २ हजार १०० विद्यार्थी अध्ययनरत रहेको समेत प्राचार्य अधिकारीले जानकारी दिए । कार्यक्रममा विद्यालयका सल्लाहकार राजेन्द्र ढकाल, सञ्चालक जीवन अधिकारी लोकराज शर्मा लगायतले बोलेका थिए ।

    सो अवसरमा विद्यालयमा अध्ययन गरी एमबिबिएसमा नाम निकाल्न सफल विद्यार्थी, राष्ट्रिय स्तरको महिला क्रिकेटमा छनौट भएका खेलाडी विद्यार्थी, उत्कृष्ट शिक्षक र कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा बिधार्थीहरूले विभिन्न गीत नृत्य प्रस्तुत गरी अभिभावक र शिक्षकहरुको मन जितेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका नेपाली बिभाग प्रमुख नवराज न्यौपानले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology