बुटवल,फागुन १७ ।
गणपती मिष्ठान्न भण्डारले सातौ शाखा बुटवल योगीकुटीमा शुभारम्भ गरेको छ । सातौ शाखाको रुपमा योगीकुटी शाखाको बुटवल उपमहानपालिका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नु भयो । उहाले व्यवसायीक सफलताको शुभकामना दिदै पछिल्लो सयमा नेपालमा केही छैनन, व्यवसाय भन्नेहरुको लागि गणपतिले उदाहरण पेश गरेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका मनोनित सदस्य नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, मिष्ठान्न तथा क्याट्रिङ्ग व्यवसायी संघका कमल पोखरेल लगायतयले गणपतिलाई ब्यवसायिक सफलताको शुभकामना दिनुभयो ।
एक करोड ५० लाख रुपैयाँ लगानीमा ६ जना व्यवसायीहरु नारायण केसी, मेघराज पन्थ, किरण थापा, डम्बर कुँवर, चुम बहादुर खत्री, माया ज्ञवालीको लगानीमा यो शाखा खोलिएको हो ।अहिले बुटवल लगायत मुर्गीया, मणिग्राम, ट्राफिक चौक, मिलनचौक, देवीनगर लगायतका स्थानमा शाखा स्थापना भएका छन् ।
बुटवलमा २१ बर्ष पहिला स्थापना भएको गणपती मिष्ठान्न भण्डारको मिठाईमा ब्रान्डको रुपमा स्थापना भएको छ । यी शाखाबाट दैनिक १ सय ५० किलो ६० प्रकारका मिठाई विक्रि हुदै आएका छन् । योगीकुटी शाखाको शुभारम्भको अवसरमा ३ दिन १७, १८, १९ गते विशेष छुटको समेत व्यवस्था मिलाइएको सञ्चालकले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)