Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

गणपति मिष्ठान्नको सातौँ शाखा योगिकुटीमा

गणपति मिष्ठान्नको सातौँ शाखा योगिकुटीमा

  • 1.3K
    SHARES

  • गणपति मिष्ठान्नको सातौँ शाखा योगिकुटीमा

    बुटवल,फागुन १६ ।

    बुटवलको योगिकुटीमा गणपति मिष्ठान्न भण्डारको नयाँ सातौ शाखा संचालनमा ल्याएको छ । यसअघि बुटवल, सैनामैना र तिलोत्तमाका विभिन्न स्थानमा छ वटा शाखा संचालनमा ल्याएको गणपति गु्रपले योगिकुटीमा सातौ शाखा विस्तार गरेको हो । बुटवलमा  गणपती मिष्ठान्न भण्डारको  ब्रान्ड बनाएको चेन विजनशेन कम्पनीका ६ जना सञ्चालकहरुको लगानीमा सातौ शाखाको योगीकुटीमा औपचारीक शुभारम्भ गरिने भएको हो ।

    योगीकुटी शाखाको बिहीबार एक कार्यक्रमका विच बुटवल उपमहानरापलिका प्रमुख खेलराज पाण्डेयले औचिारीक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । एक करोड ५० लाख रुपैयाँमा लगानीमा यागिकुटीमा शाखा विस्तार गरेको गणपतिले यसअघि बुटवलको ट्राफिक चौक, मिलन चौक, देवीनगर, मुर्गिया, मणिग्राममा आफ्ना छ शाखा विस्तार गरि सकेको छ । नारायण केसी, मेघराज पन्थ, किरण थापा, डम्बर कुँवर, चुम बहादुर खत्री, माया ज्ञवालीको संयुक्त लगानीमा गणपति ग्रुपको चेन विजनेश कम्पनी संचालन रहेको र त्यसैले यागिकुटीमा साँतौ शाखा संचालनमा ल्याएको हो । 

    बुटवलमा २१ बर्ष पहिला स्थापना भएको गणपती मिष्ठान्न भण्डारको मिठाईमा ब्रान्डको रुपमा स्थापना भएको छ । यि शाखा बाट दैनिक १ सय ५० किलोका  ६० प्रकारका मिठाई उत्पादन र विक्रि हुदै आएका छन् ।

    जसको मुख्य फैक्ट्री ड्राईभर टोलमा स्थापना गरिएको समुहका अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । योगीकुटी शाखामा गणपतीको मिष्ठान्न सहित चिया घर समेत शुभारम्भ हुने छ । योगीकुटीमा किचनमा ७ जना, बाहिर १० जना गरी कुल १७ जना र सबै शाखामा रहेर कुल १ सय २० जना कर्मचारीले रोजगारी पाएका छन् । योगीकुटी शाखाको शुभारम्भको अवसरमा १७, १८ र १९ गते गरी तीन दिन विशेष छुटको समेत व्यवस्था गरिएको सञ्चालकले  जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology