Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगरले मनायाे ६५औँ स्थापना दिवस,११० वर्षिया ऐरावती प्रमुख अतिथि !

बुटवल उपमहानगरले मनायाे ६५औँ स्थापना दिवस,११० वर्षिया ऐरावती प्रमुख अतिथि !

  • 2.9K
    SHARES

  • बुटवल उपमहानगरले मनायाे ६५औँ  स्थापना दिवस,११० वर्षिया ऐरावती प्रमुख अतिथि !

    बुटवल,फागुन ३ ।

    बुटवल उपमहानगरपालिकाले ६५औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। ११० वर्षीया ऐरावती वरईको प्रमुख आतिथ्यतामा आयोजित स्थापना दिवस मूल समारोहमा विभिन्न क्षेत्र र विधाका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ।

    बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा ऐरावती वरई, राधेश्याम राजभण्डारी, छेदी दंगोरिया थारु, प्रेमधरि गुरुङ र डिलाराम भण्डारीलाई नगदसहित सम्मान गरिएको छ।

    करदाताहरुमा एकीकृत सम्पत्तिकरमध्ये ठूला करदाताको व्यक्तिगत तर्फ ज्ञानु कुमारी गौचन, ईश्वरी पाठक, विलास मोहन वझा र मधुसुदनलाल श्रेष्ठलाई सम्मान गरिएको छ। यस्तै संस्थागत तर्फ नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड बुटवल, एभरेष्ट इङ्गिलस बोर्डिङ प्रालि, बुटवल, दिप बोर्डिङ रुपन्देही प्रालि, बुटवल र सुरपदमा हाउजिङ्ग, बुटवललाई सम्मान गरिएको छ।

    ठूला करदातामध्ये घरबहालतर्फ कुसुम देवी शाक्य र पोष्टराज ज्ञवाली/मञ्जु ज्ञवालीलाई सम्मान गरिएको छ। उत्कृष्ट किसानतर्फ रामनाथ उपाध्याय र रामनाथ माली, पशुपालन तर्फ अगुवा महिला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, जितेश्वरी एग्रोभेट फर्म प्रालिलाई सम्मान गरिएको छ।

    सामुदायिक विद्यालय तर्फका शिक्षकहरुमध्ये नरैनापुर आधारभुत विद्यालयका प्रधानाध्यापक अम्बिका अर्याल, नविन औद्योगिक कदर बहादुर रिता मा.वि.का ईन्जिनियर मनोज आचार्य र मैनाबगर आधारभूत विद्यालयकी कमला ज्ञवालीलाई सम्मान गरिएको छ। संस्थागत विद्यालय तर्फका शिक्षकहरुमध्ये  ज्ञानपुञ्ज ईङ्गिलस बोर्डिङ स्कुलका तोयाराम पौडेल,  दिप बोर्डिङ हाई स्कुलका ज्ञानु रानालाई सम्मान गरिएको छ।

    उपमहानगरपालिका क्षेत्रभित्रबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तर्फका प्रधानाध्यापकहरुमध्ये कालिका मानवज्ञान मा.वि.का दिनेश थापा, कान्ति माविका गोविन्द ज्ञवाली, नविन औद्योगिक कदर बहादुर रीता मा.विका प्रेम बहादुर बस्नेत र  नयागाउँ मा.वि.का पुरुषोत्तम भट्टराईलाई सम्मान गरिएको छ।

    यस्तै बुटवल उपमहानगरपालिका क्षेत्रभित्रबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने संस्थागत विद्यालय तर्फका अक्सफोर्ड मा.वि,का दिनेश भुसाल, न्यु होराइजन मा.विका लोकनाथ उपाध्याय, एभरेष्ट मा.वि.का कृष्ण न्यौपाने, र दीप बोर्डिङका टिकाराम न्यौपानेलाई सम्मान गरिएको छ।bunapa.jpg

    इतिहासविदहरुमध्येबाट निर्मल श्रेष्ठ र झपेन्द्र जिसी, कलासाहित्यतर्फ गिरी श्रीस र विष्णु प्रसाद कडेल, लोककला संस्कृति जगेर्नातर्फ डिल्ली नारायण पाण्डे, सिता राना, दामोदर बस्याल, अपांगता भएका सिर्जनशील व्यक्तिहरुमध्येबाट शिक्षक रमेशचन्द्र पाण्डे र पत्रकार कृष्ण खनाललाई सम्मान गरिएको थियो।

    यस्तैगरी, पत्रकारिताको माध्यमबाट बुटवलको समग्र विकासको  क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरु माधव नेपाल, रेखा भुसाल, कल्पना तिवारी, केशव भण्डारी, विनोद परियार र रामकुमार क्षेत्रीलाई सम्मान गरिएको छ।

    यस्तैगरी, पत्रकारिताको माध्यमबाट सरसफाईको क्षेत्रमा जनचेतना अभिबृद्वि गरी सहयोग पुर्‍याएवापत पत्रकारहरु ललित कुमार पाण्डे, इन्द्र बहादुर खत्री र हरिलाल बस्याललाई सम्मान गरिएको छ।

    सामाजिक संस्थाहरुतर्फ कृषि उपज थोक बजार केन्द्र, बुटवल अटो ईन्जिनियरिङ्ग एशोसिएसन, ढुवानी ग्राम, लुम्बिनी फलफुल व्यवसायी संघ, नेपाल पत्रकार महासंघ रुपन्देही, बुद्ध टेलिभिजन, बुटवल, बुटवल टुडे दैनिक, बुटवल, बुटवल एफ एम, बुटवल, लुम्बिनी टेलिभिजन, बुटवल, राज्य टेलिभिजन, बुटवललाई सम्मान गरिएको छ।

    यस्तै स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत  आम्दा इन्टरन्याशनलका अध्यक्ष डा. सुगोरु सुगानामी, आम्दा इन्टरन्याशनलका कार्यालय प्रमुख अर्चना जोशी, र बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकलाई सम्मान गरिएको छ।

    यस्तैगरी, परम्परागत आरन व्यवसाय सञ्चालन गर्ने गणेश विश्वकर्मा, कौशिला सुनार, लक्ष्मी बि.क, डिल बहादुर बि.क र राम कुमारी सुनारलाई पुरस्कृत गरिएको छ।

    यस्तै कार्यक्रममा पूर्वजनप्रतिनिधि, सेवानिवृत्त कर्मचारीहरु, शिक्षा, स्वास्थ्य, उद्योग व्यापार, महिला उद्यमी, रोजगार, एकल महिला, बालबालिका, वातावरण, हरियाली प्रवद्र्धन, पर्यटन, स्वास्थ्य स्वयमसेविका, विभिन्न खेलकुदमा स्वर्ण, कास्य र रजतपदक बिजेताहरु, निर्माण व्यवसायी, उपभोक्ता समितिहरु, टोलविकास संस्थालगायतलाई सम्मान गरिएको थियो।

    कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउने उदेश्यका साथ योजनाबद्ध तरिकाले काम गरिरहेको बताए। उनले बुटवलको समग्र विकासका लागि सहयोगी बन्न आग्रह गरे। कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहने बताइन्। प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रशासनिक रुपमा बुटवल उपमहानगरपालिकाले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनका लागि प्रयत्नसील रहेको बताए।

    कार्यक्रममा निर्वाचनका उपबिजेता बाबुराम भट्टराई, पूर्वजनप्रतिनिधिहरु पुनाराम पोखरेल, संघसंस्थाहरुका तर्फबाट हरिप्रसाद अर्याल, रामराज पोखरेल, राजनीतिक दलका प्रतिनिधिहरुलगायतले बोल्दै बुटवलको योजनावद्ध विकासमा जोड दिन सुझाव दिएका थिए।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology