Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

अभियन्ता ई: ले लुम्बिनीबाट सिंहदरबारतर्फ यात्रा सुरु गरे

अभियन्ता ई: ले लुम्बिनीबाट सिंहदरबारतर्फ यात्रा सुरु गरे

  • 1.5K
    SHARES

  • अभियन्ता ई: ले लुम्बिनीबाट सिंहदरबारतर्फ यात्रा सुरु गरे

    काठमाडौं,माघ २८ ।

    अभियन्ता ई: ले लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् । उनले सहरी गरिबको कुरा सुनाउन मायादेवी-सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् ।यसअघि उनी काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर  १९९ घण्टा उभिएका थिए ।

    उनी पहिलो दिन सुनवल रामनगर, दोस्रो दिन दुम्कीबास, तेस्रो दिन दलदले,चौथो दिन चितवनको रामनगर, पाँचौं दिन कुरिनटार, छैटौं दिन गजुरी, सातौं दिन नौबिसे र आठौं दिन काठमाडौं आइपुग्नेछन् । पदयात्राका क्रममा मिटरब्याजविरुद्धको न्याय मार्चमा पनि एक्यवद्धता जनाउने ई: ले बताएका छन् ।लुम्बिनीबाट आइतबार विहान ८ बजे सुरु भएको ई: को पैदलयात्रा फागुन ७ गते सिंहदरबारमा आएर समाप्त हुनेछ ।

    ३ माग यस्ता छन् :

    • देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरीबलाई विना अध्ययन र विना विकल्प विस्थापन नगरी कानुन र संविधानको मर्म परिधिभित्र बस्न निर्देशन दिने ।
    • शहरी गरीबको संरक्षण गर्न आवश्यक व्यवस्था तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी संघीय कानुन निर्माण र भएएका कानुनको सबलीकरण ।
    • पालिकाहरुलाई शहरी गरिबलाई सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्द्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology