Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

अयोध्या राम मन्दिर : एकैदिन ३ करोड १७ लाख रुपैयाँ दान संकलन

अयोध्या राम मन्दिर : एकैदिन ३ करोड १७ लाख रुपैयाँ दान संकलन

  • 3.1K
    SHARES

  • अयोध्या राम मन्दिर : एकैदिन ३ करोड १७ लाख रुपैयाँ दान संकलन

    काठमाडौं,माघ ११ ।

    अयोध्याको राम मन्दिरमा एकैदिन ३ करोड बढी रुपैयाँ संकलन भएको छ। मन्दिरको प्राण प्रतिष्ठा गरेको भोलिपल्ट मंगलबार ३ करोड १७ लाख रुपैयाँ भेटी संकलन भएको हो।

    उक्त दिन २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अनिल  मिश्रले मन्दिरको प्राण प्रतिष्ठापछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत ३ करोड १७ लाख रुपैयाँ दान प्राप्त भएको बताए।

    बुधबार राती १० बजेसम्म २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। प्राण प्रतिष्ठा गरेको दिन सोमबार ५ लाख बढी भक्तजनले मन्दिरको दर्शन गरेका छन् ।

    ram-mandir.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology