बुटवल, माघ ८ ।
भारतको अयोध्यामा निर्माण भएको भव्य राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुँदैछ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने छन् ।
राम जन्मभूमि ट्रष्टका अनुसार कार्यक्रममा सहभागी हुनका लागि अतिथीहरु अध्योध्या पुगेका छन् । जसमा सन्त, नेता, फिल्म अभिनेता र खेलाडीहरु रहेका छन् ।
प्राणप्रतिष्ठा कार्यक्रमका लागि अयोध्यामा सुरक्षा व्यवस्था कडा बनाइको छ ।त्यसका लागि १० हजार सीसीटीभी क्यामेरा, एआई युक्त ड्रुोनले गतिविधीमाथि निगरानी गर्ने छ भने ठाउँ ठाउँमा सादा पोशाककका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।रामको मूर्तिमा प्राणप्रतिष्ठा आज दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । रामको मूर्तिलाई विभिन्न ११४ घडाको औषधियुक्त तथा अलग अलग तीर्थको जलले नुहाइने छ ।
प्राणप्रतिष्ठामा नेपाली नागरिक पनि सहभागी हुँदैछन् । झापाका दुर्गाप्रसाद गौतम प्राणप्रतिष्ठाको पूजामा सहभागी हुने भएका हुन् । उनी सन् २०२० देखि राम जन्मभूमी तीर्थ क्षेत्रका मुख्य आचार्यका रुपमा कार्यरत छन् । यसअघि उनी राममन्दिर निर्माणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन तथा शिलान्यास गर्दाका मुख्य पुजारी थिए ।
बीबीसी नेपालीसँगको कुराकानीमा उनले भनका छन, ‘म मुख्य आचार्य हुँ। मुख्य पुजारी होइन । मुख्य पुजारी त सतेन्द्र दासजी हुनुहुन्छ।’
मुख्य पुजारीको काम मन्दिरको नियमित पूजाअर्चना गर्ने हुने र आचार्यको काम कुनै ठूलो यज्ञ वा अनुष्ठान गर्दा व्यवस्थापन गर्ने र विशेष पूजा गर्दा पुरोहितहरको नेतृत्व गर्ने हुने उनले बताए ।
प्राणप्रतिष्ठाका क्रममा कुल १२१ पुरोहितहरूले धार्मिक विधिहरू पूरा गर्ने र ती सबैको व्यवस्थापनमा आफू जुटेको उनले बताए।
गौतमले दिएको जानकारी अनुसार प्राणप्रतिष्ठाका क्रममा विधिहरू पूरा गरेर जम्मा पाँच जनालाई मात्र मन्दिरको गर्भगृहमा राख्नेगरी व्यवस्थापन मिलाइएको छ।‘गर्भगृहमा पाँच जना मात्र रहनुहुन्छ हामीले समेत बाहिरबाट मन्त्रोच्चारण गर्ने हो र विधि पूरा गर्ने हो,’ उनले भने।
गर्भगृहमा भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्री योगी(योगी आदित्यनाथ), सरसङ्घचालक मोहन भागवत (राष्ट्रिय स्वयमसेवक सङ्घ), आनन्दीवेन पटेल (उत्तरप्रदेशकी गभर्नर) र नृत्यगोपाल दास (श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष) रहने उनले बताए ।
मन्दिर निर्माणका लागि अहिलेसम्म १ हजार १ सय (१७ अर्ब ६० करोड नेपाली रुपैयाँ) करोडभन्दा धेरै रकम खर्च भइसकेको छ र काम पूरा गर्नका लागि अझै ३ सय कोरोडभन्दा धेरै आवश्यक पर्नेछ । कही रिपोर्टहरुले भने राममन्दिर पूर्ण गर्न ५ हजार ५ सय करोडभन्दा धेरै खर्च हुने दाबी गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)