Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपालमा पश्चिमी वायुको प्रभाव : तराईका जिल्लाहरूमा हुस्सु र सितलहर,बिद्यालय बन्द

नेपालमा पश्चिमी वायुको प्रभाव : तराईका जिल्लाहरूमा हुस्सु र सितलहर,बिद्यालय बन्द

  • 2.0K
    SHARES

  • नेपालमा पश्चिमी वायुको प्रभाव : तराईका जिल्लाहरूमा हुस्सु र सितलहर,बिद्यालय बन्द

    बुटवल,माघ ७ ।

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।

    दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती गण्डकी प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    अत्याधिक चिसो बढेपछि बुटवल उपमहानगरले आजदेखि माघ ९ गतेसम्म विद्यालय विदा आह्वान गरेको छ भने तिलोत्तमा नगरपालिकाले माघ १० गतेसम्म सार्वजनिक विदा आह्वान गरेको छ ।bida jado.jfif

    यसैगरी सिद्धार्थनगरनगरपालिका लगायतका अन्य पालिकाहरुले पनि सार्वजनिक विदा आह्वान गरेका छन् । चिसो अत्याधिक बढेका कारण बालबालिकाहरु तथा वृद्धवृद्धाहरुलाई सकेसम्म घर बाहिर ननिस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् ।

    यसैगरी अन्य उमेर समूहका व्यक्तिहरुले समेत न्यानो र बाक्लो कपडा लगाएर बाहिर निस्कन चिकित्सकहरुको सल्लाह छ ।bida jado.jfif

    जाडो बढेपछी बुटवलका बिद्यालयहरुमा ३ दिन विदा

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology