Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जाडो बढेपछी बुटवलका बिद्यालयहरुमा भाेलिदेखि ३ दिन विदा

जाडो बढेपछी बुटवलका बिद्यालयहरुमा भाेलिदेखि ३ दिन विदा

  • 4.5K
    SHARES

  • जाडो बढेपछी बुटवलका बिद्यालयहरुमा  भाेलिदेखि ३ दिन विदा

    बुटवल,माघ ६ ।

    जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले तीनदिन विद्यालयहरुमा जाडो विदा दिएको छ । माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरुमा जाडो विदा दिएको हाे । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिने बताउनुभयो ।

    ‘यस उपमहानगरपालिकाको मिति २०८०-१०-०५ को निर्णयानुसार अत्यन्तै जाडो बढेको कारण यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा मिति २०८०-१०-०७ गतेदेखि मिति २०८०-१०-०९ गते तिन दिनसम्मको लागि जाडो बिदा (हिउदे बिदा) गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’– सूचनामा भनिएको छ ।जाडोका कारण जनजीवन प्रभावित बनेको छ । बालबालिका र बृद्धबृद्धा बढि प्रभाबित भएका हुन् ।bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology