Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सर्वोच्च बारको अध्यक्षमा शाक्य विजयी,लोकतान्त्रिक प्यानलको बर्चश्व

सर्वोच्च बारको अध्यक्षमा शाक्य विजयी,लोकतान्त्रिक प्यानलको बर्चश्व

  • 3.5K
    SHARES

  • सर्वोच्च बारको अध्यक्षमा शाक्य विजयी,लोकतान्त्रिक प्यानलको बर्चश्व

    वुटवल,पुस ५ -

    सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । उनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरेका छन् ।

    वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी मेधेशी, आदिवासी, जनजाति पेशागत कानून व्यवासायी समूहको नेतृत्व गर्नुभएको थियो भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए ।

    नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन् ।

    महिला सदस्यमा अमिता गौतम पौडले, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा.रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भएका छन् ।

    bar.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology