बुटवल,पुस ४ -
सामाजिक संस्था नमस्ते नेपाल, रुपन्देहीले नगरप्रमुखसँग युवा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
स्थानीय युवाहरुले नगरप्रमुखसँग युवाहरुकै समस्यामा केन्द्रीत रही शनिबार उक्त कार्यक्रमको आयोजना गरेको नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले जानकारी नागरिक अनलाइनलाइ दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाभित्र रहेका युवाहरुको सहभागिता रहने अध्यक्ष खरेलले बताए । कार्यक्रमको आज शुभारम्भ गरिने छ ।
नमस्ते नेपालले २०७४ सालको स्थानीय, प्रदेश र संघको निर्वाचनको पूर्वसन्ध्यमा यस क्षेत्रका उम्मेदवारहरुसँग प्रतिवद्धता माग सहितको कार्यक्रम गरेका थिए ।
निर्वाचन सम्पन्न भएको १ वर्षपछि निर्वाचित उम्मेदवारहरुसँग निर्वाचनमा प्रतिवद्धता गरेका मागका सम्बन्धमा समीक्षा समेत गरेको सचिव निराजन खरेल बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)