Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवलमा वर्षकै न्यूनतम तापक्रम १३ डिग्री सेल्सियल मापन

बुटवलमा वर्षकै न्यूनतम तापक्रम १३ डिग्री सेल्सियल मापन

  • 4.8K
    SHARES

  • बुटवलमा वर्षकै न्यूनतम तापक्रम १३ डिग्री सेल्सियल मापन

    बुटवल,पुस ३- 

    पछिल्लो केही दिनयता लुम्बिनी प्रदेश सहित देशभर चिसो बढेको छ । रुपन्देहीको बुटवलमा आज वर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ । बुटवलमा आज न्यूनतम तापक्रम १३ डिग्री सेल्सियल रहेको छ  ।बुटवलमा घामै लागेन भने चाेकचाेकमा आगाे बालेर  तापेको देखिन्थ्याे ।

    अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।गत वर्ष पुस ३ गते काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगेको छ ।

    ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताए ।तापक्रम घटेपछि काठमाडौँ उपत्यकामा बढी चिसो महसुुस गरिएको छ ।

    दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

    मौसम पूर्वानुमान : आगामी ३ दिनमा चिसो अझै बढ्ने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology