Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चन्द्र भण्डारीको आग्रह : नेताले बनाएका गुटकापछि नलाग्नू

चन्द्र भण्डारीको आग्रह : नेताले बनाएका गुटकापछि नलाग्नू

  • 1.9K
    SHARES

  • चन्द्र भण्डारीको आग्रह : नेताले बनाएका गुटकापछि नलाग्नू

    बुटवल,कार्तिक ३ ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य डा.चन्द्र भण्डारीले नेताहरुले बनाएका गुटको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । गुट गत राजनीतिकले पार्टी र देशलाई पछि पारेको बताउँदै उहाँले नेताले गुट बनाएपनिपछि नलाग्न उहाँको सुझाव छ ।

    नेपाली काँग्रेस रुपन्देही सैनामैना नगर समितिले गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले  गुटले पार्टी र देश भन्दा ब्यक्ति बनाउने गरेको बताउनुभयो ।

    dr chandra.jpg

    नेता भन्दा पनि नेताको वरिपरिका मान्छे कस्ताछन् भन्नेमा महत्त्वपूर्ण हुने बताउँदै आफना वरिपरिका सल्लाहकार हरू सजक बन्न शुझाँब दिनुभयो । बुटवल र चितवनको बाटो जस्तो देशको अबस्था बन्दा जनतामा निराशा छाएको उहाँको भनाई छ ।

    स्थानिय तहका जनप्रतिनिधि लाई लक्षित गर्दै भण्डारिले नयाँ योजनाका साथ काम गरेर  जनताको मन जित्नु पर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस सैनामैना नगर समितिका सभापति रणबहादुर खनालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण,नगर सचिब अर्जुन पौडेल लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology