Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सवारीसाधनको जोरबिजोर प्रणाली आजबाट हट्यो

सवारीसाधनको जोरबिजोर प्रणाली आजबाट हट्यो

  • 3.6K
    SHARES

  • सवारीसाधनको जोरबिजोर प्रणाली आजबाट हट्यो

    बुटवल,पुस ३-  

    आजबाट काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनमा लागू गरेको जोरबिजोर प्रणाली हटेको छ।

    सार्वजनिक यातायातमा यात्रुको भीड बढ्न थालेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पहलमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । 

    यातायातकर्मी, व्यवसायी र यात्रुहरुले पछिल्लो समय सार्वजनिक यातायातमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाउन माग गर्दै आएका थिए ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर रायले आजबाट लागू हुनेगरी सवारीसाधनमा लागू भएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए । 

    सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology