Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मी महोत्सवमा ३ सय स्टल बुकिङ,भाेलि उद्घाटन

गुल्मी महोत्सवमा ३ सय स्टल बुकिङ,भाेलि उद्घाटन

  • 4.3K
    SHARES

  • गुल्मी महोत्सवमा ३ सय स्टल बुकिङ,भाेलि उद्घाटन

    बुटवल,कार्तिक १४ ।

    गुल्मीको उपल्लो तम्घासमा भोलिदेखि सुरु हुने गुल्मी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

    सदियौं पुरानो शत्तिपिठलाई प्रचारप्रसार गर्नेगरि यहि कार्ति १५ गतेदेखि प्रथम एतिहासिक गुल्मी महोत्सव आयोजना हुने भएको हो ।गुल्मी उद्योग संघको आयोजनामा उपल्लो तम्घास खालाकाचौर स्थित तम्घासस्थान मन्दिर परिसरमा महोत्सव हुने भएको छ । संघका महासचिव सुर्दशन खनालले महोत्सवको तयारी बारे जानकारी गराउँदै अहिलेसम्म गुल्मीमा भएका महोत्सवहरूमा भन्दा बढी स्टल राखिएको र स्थानीय उत्पादनलाई बढवा दिईएको दाबी गरे ।

    महोत्सवमा ३ सय स्टल बुकिङ भइसकेका छन् भने थप स्टलका लागि माग भइरहेको उनले बताए । महोत्सवमा करिब २ दर्जन स्टल थप हुन सक्ने उल्लेख गरे ।स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि ५० वटा स्टल छुट्याएर ती स्टलहरुमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

    gulmi mela.jpg

    महोत्सवको तयारीका लागि काठमाडौ, बुटवल लगायतका ठूला शहरमा रहेका गुल्मेलीहरूसँग भेटघाट गर्नुका साथै गुल्मीका १२ वटै पालिकामा पुगेर सहयोगका लागि आह्वान गरिएको उनले बताए ।

    मेलाको रेसुंगा नगरपालिकाका मेयरखिलध्वज पन्थीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने पहिलो दिन कलाकारहरू बैकुण्ठ महत, रामचन्द्र चन्द लगायत स्थानीय कलाकारहरु र महिला समुहले बजाउने नौंमति बाजा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

    उद्घाटन अघि बुधबार विहान उपल्लो तम्घासबाट खानिगाउँ, बाख्रेछेडा, हुँदै नयाँबजार लगायतका ठाउँको परिक्रममा गरी स्थानीय भजनकिर्तन, नौमति बाजा, विभिन्न झाकी प्रदर्शन गरिने भएको छ ।

    मेला अवधिभर बसपार्क र तल बजारदेखि महोत्सव स्थलसम्मका लागि निःशुल्क बस सेवा उपलब्ध गराइएको छ ।

    महोत्सवमा १ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । कार्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब ६० करोड कारोबार हुने लक्ष्य लिईएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology