निरला अर्याल/तुलसीपुर,कार्तिक ११ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा कालोबजारी र तस्करतन्त्र मौलाउँदै जाँदा नागरिकले साथी पाएको बताउनु भएको छ।
नेकपा एमालेको सरकारमा नरहँदा हरेक उपभोग्य वस्तुको मूल्य बृद्धि भएको छ भने विकास निर्माणका काम ठप्प अवस्थामा रहेको बताउनु भयो।
दाङको तुलसीपुरमा शनिबार बिहान प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आर्थिक संकटका कारण निर्माण व्यवसायी हरुले भुक्तानी पाउन नसक्दा योजना हरु अलपत्र परेको परेका छन् पोख्रेलले भन्नुभयो , नेकपा एमाले सरकारमा रहँदा राज्यका संयन्त्रहरु सही ढंगले अगाडि बढेको थियो तर अहिले सबै क्षेत्र हरु अस्तव्यस्त रहेको बताउनु भयो ।
गत मंसिरमा भएको संसदीय निर्वाचनमा आँफु दाङको क्षेत्र नं २ बाट पराजय बेहोर्नुको कारण तुलसीपुर–घोराही चार लेन सडकका बारेमा प्रतिष्पर्धीले मतदातामा भ्रम सृजना गरेका कारण आँफुले पराजय भोग्नु परेको बताउनु भयो ।
अहिलेकी संचार मन्त्री तथा प्रतिष्पर्धी रेखा शर्माले डिजिटल एनेमेसन गरी रंगीचङ्गी भिडियो हालेर भ्रम पैदा गरेको समेत बताउनु भयो। ।प्रेस चौतारी नेपाल दाङका कार्यबहाक अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य उपाध्यक्ष सुधासुमन ढकाल र सहजीकरण सचिव किरण गौतमले गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)