Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जलविद्युत पत्रकार समाज गठन,भरत कोइराला बने अध्यक्ष

जलविद्युत पत्रकार समाज गठन,भरत कोइराला बने अध्यक्ष

  • 2.8K
    SHARES

  • जलविद्युत पत्रकार समाज गठन,भरत कोइराला बने अध्यक्ष

    बुटवल,कार्तिक १६ -


    जलविद्युत क्षेत्रमा कलम चलाउदैं आएका पत्रकारहरुको राष्ट्रिय भेलाले जलविद्युत पत्रकार समाज गठन गरेको छ ।

    आइतबार कास्कीको माछापुच्छ«े गाउँपालिकामा सातै प्रदेशका पत्रकारहरुको भेलाले भरत कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्ष दिपक ज्ञवाली (रुपन्देही), महासचिवमा ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की), कोषाध्यक्षमा तारा चापागाईं (कास्की) चयन भएका छन् ।

    यस्तै, सदस्यहरुमा मिलन विश्वकर्मा (काठमाडौं), बलराम बुढाथोकी (काठमाडौं), अक्कल कुँवर (काठमाडौं), प्रतिक इच्छुक शर्मा (सल्यान), अनिता घिमिरे (कास्की) चयन भएका छन् ।

    एक उपाध्यक्ष सहित दुई सदस्य भने पछि मनोनयन गरिने महासचिव निरौलाले बताए । उपाध्यक्ष पदनमा काठमाडौंमा पत्रकारिता गर्दै आएको व्यक्तिलाई मनानयन गरिने उनको भनाइ छ ।  यस्तै, भेलाले सल्लाहकार समेत चयन गरेको छ । सल्लाहकारमा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष पुन्य पौडेल, राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी चयन भएका छन् ।

    यस्तै, भेलाले ५ बुँदे माछापुच्छ«े घोषणा पत्र समेत जारी गरेको छ । घोषणपत्रमा जलविद्युत क्षेत्रमा रिपोर्टीङ गर्ने पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नृे, जलविद्युतका सम्भावना, चुनौती र पवद्र्धन सहयोग गर्ने तथा तिनै तहका सरकारलाई जलविद्युत नीति निर्माण गर्न माग गर्ने उल्लेख छ ।

    सेतीनदी हाइड्रोको अवलोकनपछि मुख्यमन्त्री गुरूङले भने- संघ सरकारले छिटो जलविद्युत नीति बनाओस्

    सेती नदी जलविद्युत आयोजनाको सिभिल तर्फको काम १० प्रतिशत सकियो,३५० करोड ऋण लगानीको सम्झौता !

    सेती नदी जलविद्युत आयोजनाका लागि ३५० करोड ऋण लगानी सम्झौता,पाेखरामा धमाधम काम !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology