Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, मृतककाे संख्या २२८ पुग्याे

नेपालमा २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, मृतककाे संख्या २२८ पुग्याे

  • 7.2K
    SHARES

  • नेपालमा २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, मृतककाे संख्या २२८ पुग्याे

    बुटवल,भदौ १५-

    नेपालमा गत २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय २८ पुगेको  छ।

    मृत्यु हुने संक्रमितमा ३ महिला र बालिका र ४ पुरुष गरी ७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  हो। गत २४ घण्टामा महोत्तरीका ४ वर्षीया बालिका, गोरखाका ६५ वर्षीय र रुपन्देहीका ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

    कोरोना संक्रमित मृत्यु हुने पुरुषहरुमा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुष छन्। यसअघि आइतबार एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।  

    पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भएका छन्।

    यो कुल संक्रमितको ५४ प्रतिशत हो। पछिल्लो २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology