बुटवल,भदाै १४-
रुपन्देहीको सैनामैना नगरपालिकामा आईतबार थप ७ जनामा कोरोना संक्रमण देखिएकाे छ ।
संक्रमित मध्ये १ जना क्वारेन्टाईनमा बस्दै आएका हुन भने अरु सबै समुदायस्तरबाट गरिएको परिक्षणमा भेटिएकोे सैनामैना नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिए ।नगरपालिकाले समुदाय स्तरमा गरेको कोरोना परिक्षणका क्रममा ६ जना संक्रमित भेटिएको हाे ।
सैनामैना नगरपालिका वडा नंं २ मा १ जना , वडा नं ३ मा १ जना , वडा नं ४ , ३ जना , वडा नं ६ मा १ जना ,वडा नं ९ मा १ जनामा कोरोना संक्रमण देखिएको हाे ।
नगरपालिकाले समुदायमा स्वाव संकलन गरि प्रादेशिक प्रयोगशाला भैरहवामा परिक्षणको लागि पठाएको थियो । यो सँगै सैनामैनामा ५४ जना कोरोना संक्रमित भएका छन् ।
समुदायस्तरमा कोरोना देखिएपछि नगरपालिकाले भदौ २० गतेसम्म कडा लकडाउन गर्ने निर्णय समेत गरेको छ । अहिलेसम्म ४४ जना निको भएर घर फर्किएको स्वास्थ्यशाखाले जानकारी दिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)