Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप १३२५ जनामा कोरोना संक्रमण,६४ हजार १२२ पुगे संक्रमित

थप १३२५ जनामा कोरोना संक्रमण,६४ हजार १२२ पुगे संक्रमित

  • 2.0K
    SHARES

  • थप १३२५ जनामा कोरोना संक्रमण,६४ हजार १२२ पुगे संक्रमित

    बुटवल,असोज ४-

    पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन्। यो सँगै ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जनाएको छ।

    हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। यी मध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८४०७ जना होम आइसोलेसनमा छन्। 

    पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको परीक्षण भएको छ।  हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा छन्।   यो कुल संक्रमितको ७२ प्रतिशत छ। 

    नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु :

    नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

    पहिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology