Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप १२४६ जनामा कोरोना संक्रमण,५९ हजार ५७३ जना पुगे संक्रमित

थप १२४६ जनामा कोरोना संक्रमण,५९ हजार ५७३ जना पुगे संक्रमित

  • 2.0K
    SHARES

  • थप १२४६ जनामा कोरोना संक्रमण,५९ हजार ५७३ जना पुगे संक्रमित

    बुटवल,असाेज १- 

    २४ घण्टायता थप १ हजार २४६ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५९ हजार ५७३ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    हाल देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन् भने ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा छन्। हाल होम आइसोलेसनमा ८ हजार ३३८ जना छन्। 

    पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको परीक्षण भएको छ।  योसहित हालसम्म ८ लाख ८२ हजार ९१५ जनाको परीक्षण भएको छ।  

    हाल क्वारेन्टाइनमा ७ हजार ८८३ जना छन्।  पछिल्लो २४ घण्टामा  १२४३ जना निको भएका छन् भने हालसम्म ४२ हजार ९४९ जना निको भएका छन् । यो कुल संक्रमितको ७२ प्रतिशत हो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology