Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा थपिए १५३९ जना कोरोना संक्रमित,हालसम्म ४१ हजार ७०६ जना निको

२४ घण्टामा थपिए १५३९ जना कोरोना संक्रमित,हालसम्म ४१ हजार ७०६ जना निको

  • 2.5K
    SHARES

  • २४ घण्टामा थपिए १५३९ जना कोरोना संक्रमित,हालसम्म ४१ हजार ७०६ जना निको

    बुटवल,भदौ ३१-

    पछिल्लो २४ घण्टायता थप १ हजार ५३९ नयाँ संक्रमित थपिएका छन्।

    योसहित हालसम्म ५७ हजार ३२७ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।हाल देशभर १६ हजार २४२ जना सक्रिय स‌ंक्रमित छन्। यीमध्ये ८ हजार ५४१ जना स‌ंस्थागत आइसोलेसनमा छन् भने ७ हजार ७०१ जना होम आइसोलेसनमा छन्। 

    पछिल्लो २४ घण्टामा १० हजार ४९४  जनाको पिसिआर परीक्षण भएको छ। योसहित ८ लाख ७२ हजार २७४ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टायता १०६८ जना निको भएका छन्।  हालसम्म ४१ हजार ७०६ जना निको भएका छन्।  यो ७१ दशमलव ५ प्रतिशत हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology