Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजनीतिक नेतृत्वको विचलनका कारण मुलुकमा संकट गहिरिँदै : समाजबादी नेताहरू

राजनीतिक नेतृत्वको विचलनका कारण मुलुकमा संकट गहिरिँदै : समाजबादी नेताहरू

  • 1.3K
    SHARES

  • राजनीतिक  नेतृत्वको विचलनका कारण मुलुकमा संकट गहिरिँदै : समाजबादी नेताहरू

    बुटवल,असाेज २१ ।

    नेकपा एकिकृत समाजवादीका शिर्ष नेताहरुले गरिबि र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताएका छन ।  दलाल पूँजीबादका कारण मुलुकमा चरम निराशा र संकट देखा परेको भन्दै त्यसबाट उन्मूक्तिका लागि समाजवादी व्यवस्था अपरिहार्य भएको नेताहरुको भनाई छ ।

    ०६२-६३ सालको जनआन्दोलनपछि जनताको अधिकारलाई संविधानमा लेख्न सफल भएको तर, राजनीतिक रुपमा नेतृत्वमा देखिएको विचलनका कारण मुलुकमा संकट गहिरिँदै गएको नेताहरुको भनाई छ । नेकपा एकिकृत समाजवादीको मेचीमहाकाली समाजवादी जागरण अभियान अन्तर्गत आईतबार बुटवल र भैरहवामा भएका जनसभालाई सम्बोधन गर्दै शिर्ष नेताहरुले राजगारी, समृद्धि र सुशासन राष्ट्रको मुख्य ऐजेन्डा बन्नुपर्ने बताए ।

    भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मुलुक बनाउने ऐजन्डाबाट दलहरु विचलित हुँदै गएकाले जनतालाई जगाउने गरी जागरण अभियान शुरु गरिएको बताए । उनले देशव्यापी रूपमा जागरण पैदा गरेको समेत बताए ।

    उनले जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केकाले देशभरबाट जनताले साथ दिइरहेको बताए । उनले जनताको जिवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै विचमा जनताका मुत्ता लिएर अगाडि आएको बताए । उनले बेरोजगारी समस्या समाधान गर्ने गरि कृषिबाटै आत्मनिर्भर हुने सकिने बताए । अध्यक्ष नेपालले अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसंग कुरा गर्ने  बताए ।

    यता बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रत्री एंव सम्मानित नेता झलनाथ खनालले ०६२÷६३ सालको जनआन्दोलनपछि मुलुकको नेतृत्व दलाल पूँजीबादले गरेकाले देशमा चरम संकट देखा परेको बताए । उनले परिवर्तनको १८ बर्षको अवधिमा पूँजीबादी नेतृत्वका कारण पूँजीबादी शोषण बढ्दै गएको उनले बताए । नेता खनालले यस्तो बताएका हुन् । उनले पूँजीबादी शोषणका कारण गाउँ गाउँमा वित्तिय र व्यापारिक शोषण बढेको टिप्पणी गरे ।

    ‘हिजो सामन्ती शोषण कायम थियो, त्यो भन्दा खतरनाक दलाल पूँजीबादको शोषण हुन्छ’ खनालले भने । नेता खनालले ०६२÷६३ पछि बनेको राजनीतिक शक्तिमा आएको दक्षिणपन्थी अवसरवादका कारण मुलुकमा आर्थिक, राजनैतिक संकट गहिरिन थालेको बताए । उनले नेकपा र त्यसबाट बनेको शक्तिले काम गर्न सक्ने अवस्थामा त्यसबाट राजनीति नै विचलित हुँदा यो परिणाम आएको बताए ।

    उनले देशमा भैष्टाचार व्यापक रुपमा बढेको बताउँदै यसका लागि समेत अब समाजवादी व्यवस्थाको अपरिहार्य रहेको बताए । ‘कमिशन, नाफाको पछि दौडिएको हामीले देखेका छौं, दलाल पूँजीवादको चरित्र नै यस्तो हुन्छ’ उनले भने–‘अब नेपालको मात्रै होईन, सिंगो विश्व नै समाजवादमा जानुपर्छ, त्यसमा जान्छ ।’jhalnath khanal.jpg

    जनसभामा नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक बनाउने संकल्पका साथ समाजवादी जागरण अभियान शुरु गरिएको बताए । उनले आफुहरुले भनेको कुरा नयाँ नभएपनि संकल्प र योजनाका साथ मुलुक बनाउने गरी समाजवादी जागरण अभियान शुरु गरिएको बताए । उनले मुलुकका छोराछोरी मुलुकमा बस्न नसकेको अवस्थामा यसले १० बर्षपछि ल्याउने भयंकर खताराबाट मुलुक जोगाउन पनि जागरण अभियान शुरु गर्नुपरेको बताए ।

    उनले बेराजगारी उन्मूलन गर्ने, देशमा शिक्षा स्वास्थ्यलाई निशुल्क बनाउने र मुलुकलाई कृषिबाटै समृद्धिमा जाने संकल्पका साथ आफुहरुले योजना अघि सारेको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपि ओलीले संसद विघटन गरेर देशमा बर्बादीको राजनीति गरेको आरोप लगाए । ‘ओली जीले आफैभित्र चुनाव गर्न नचाहनेले संसद विघटन गरेर चुनाव गर्छु भनेर संविधानमाथि प्रहार गरियो, त्यसैका विरुद्ध हामीले हिम्मत कसेर ऐतिहासिक काम ग¥यौैं’ महासचिव भुसालले भने । उनले आफुहरुले संविधानको रक्षा गरेको र अब मुलुकमा रहेको गरिबि र बेरोजगारी उन्मूलन गर्ने ऐजेन्डा सहित जनताका विचमा आएको बताए ।

    उनले बेरोजगारी समस्या समाधान गरि शुसाशन,,समृद्विका लागि समाजवादी जागरण अभियान शुरू गरिएको बताए । 
    महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिका विरूद्व लडने बताए । उनले अहिले धर्म र जातिका नाममा लडाएर बेरोजगारी र गरिबी उन्मूलनकने मुद्वालमइ छायामा पार्ने प्रत्यन गरेको भन्दै त्यसका विरुद्ध लाग्नुपर्ने बताए ।

    भैरहवामा भएको जनसभामा पार्टीका उपमहासचिव डा. विजय पौडेलले समाजवादी पार्टी निर्माणका लागि मेचिमहाकाली अभियमन शुरू गरिएको बताए । कार्यक्रममा पार्टी रूपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, सचिव सरिता श्रीस, नेता रामबहादुर बस्नेत, युवा सार्दुल मिया लगायतले बोलेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology