Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल सांस्कृतिक महासंघ रुपन्देहीद्वारा कलाकार ओम ज्ञवाली सम्मानित

नेपाल सांस्कृतिक महासंघ रुपन्देहीद्वारा कलाकार ओम ज्ञवाली सम्मानित

  • 2.0K
    SHARES

  • नेपाल सांस्कृतिक महासंघ रुपन्देहीद्वारा कलाकार ओम ज्ञवाली सम्मानित

    बुटवल,असाेज २१ ।

    नेपाल सांस्कृतिक महासंघ जिल्ला शाखा रुपन्देहीले वरिष्ठ गायक एवम बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीलाइ सम्मान गरेको छ  । उनलाइ नगद ,दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको हाे ।गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको सांस्कृतिक महासंघले जनाएको छ ।

    नेपाल सांस्कृतिक महासंघ जिल्ला शाखा रुपन्देहीको ११ औँ बार्षिक साधारण सभा एवम तेस्रो अधिबेशनमा उनलाइ  बुटवल उपमहानगरप्रम्ख खेलराज पाण्डेय,अध्यक्ष राधेश्याम राजभण्डारी लगायतले सम्मान गरेका थिए ।

    राधेश्याम राजभण्डारी को अध्यक्षता तथा बुटवल उपमहानगरप्रम्ख खेलराज पाण्डेयको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अबसरमा बोल्दै प्रमुख अतिथि पाण्डेयले कलाकारिता कहिले पनि नमर्ने भन्दै कलाकारको उचित सम्मानमा राज्य लाग्न नसकेको स्वीकार्नु भयो । उहाँले कलाकारलाइ उचित सम्मान गर्न र योगदानको कदर गर्न नगर सरकार प्रतिबद्ध भएको बताउनुभयो । सो अबसरमा डिल्ली नारायण पाण्डे,कांग्रेस नगर उपसभापति ज्योति भण्डारी,दामोदर बस्याल लगाययतले बोलेका थिए । 

    कार्यक्रममा कलाकारहरुले आ-आफ्नो कला प्रस्तुत गरेका थिए । अधिबेशनले दामोदर बस्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology