Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्रवल जनसेवा श्री पदकबाट विभुषित खत्रीलाई चिदिपानी तिलोत्तमा समाजको सम्मान

प्रवल जनसेवा श्री पदकबाट विभुषित खत्रीलाई चिदिपानी तिलोत्तमा समाजको सम्मान

  • 1.5K
    SHARES

  • प्रवल जनसेवा श्री  पदकबाट विभुषित खत्रीलाई चिदिपानी तिलोत्तमा समाजको सम्मान

    बुटवल,असोज २१।

    राष्ट्रपतिबाट “प्रवल जनसेवा श्री “पदकबाट बिभूषित क्या.यम बहादुर खत्रीलाई “चिदिपानी तिलोत्तमा समाज” (सत्यवती गुल्मी) रुपन्देहीले सम्मान गरेको छ ।

    एक कार्यक्रमका बीच समाजले संस्थाका संरक्षक समेत रहेका खत्रीलाई सम्मान गरेको समाजका संयोजक एवं मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्णप्रसाद भट्टराई (खिमप्रसाद) ले जानकारी दिए ।

    त्यस अवसरमा बोल्दै संस्थाका संरक्षक खत्रीले समाजले गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए । कार्यक्रममा जेष्ठ नागरिक नन्द राम भट्टराई, टेक बहादुर खत्री, सल्लाहकार शशीधर भण्डारी, सुवेदार लाल बहादुर भण्डारी, कृष्णा बहादुर थापा, ओमप्रकाश भण्डारी, सहसंयोजक गुरुप्रसाद भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology