Logo बिहिवार, आश्विन १ गते २०८३
images

एकिकृत समाजवादीले असोज २१ गते बुटवल-भैरहवामा जनसभा गर्ने

एकिकृत समाजवादीले असोज २१ गते बुटवल-भैरहवामा जनसभा गर्ने

  • 1.2K
    SHARES

  • एकिकृत समाजवादीले असोज २१ गते  बुटवल-भैरहवामा जनसभा गर्ने

    बुटवल,असाेज १९ । 

    नेकपा एकिकृत समाजवादीको मेची महाकाली जागरण अभियान अन्तर्गत आईतबार बुटवल र भैरहवामा जनसभा गर्ने भएको छ ।नेकपा एकीकृत समाजवादी रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी असोज २१ गते शनिबार भैरहवा र बुटवलमा जनसभा गर्ने जनाएको हो ।

    कार्यबाहक अध्यक्ष श्रीराम यादवले शनिबार विहान ११ बजे भैरहवास्थित मिलनचोक र सोही दिन दिउँसो ३ बजे बुटवल ट्राफिकचौकमा जनसभा गर्ने बताए  । आईतबार विहान ८ बजे भैरहवास्थित सिद्धार्थ उद्योग बाणिज्य संघको सभाहलमा विभिन्न व्यक्तिहरुको उपस्थितीमा अन्तरक्रिया गर्ने अध्यक्ष यादवले बताए । 

    उनका अनुसार २२ गते विहान ८ बजे बुटवल सिद्धार्थ कटेजमा अन्तक्रिया कार्यक्रम राखिएको छ । अन्तरक्रिया तथा सभालाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव  घनश्याम भुसालसहित केन्द्रीय नेतृत्वले सम्बोधन गर्नेछन्। पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव एंव पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुलीले मूलूकबाट युवा जनशक्ति पलायन भइरहेकाले त्यसलाई रोक्नका लागि बेरोजगार उन्मूलन गर्नुपर्ने बताए ।

    उनले कृषिबाटै बेरोजगार उन्मूलन गर्न सकिने बताउँदै अबको १० बर्षमा बेरोजगार उन्मूलन गरी रोजगारी, सुशासन र समृद्धि ल्याउन सकिने बताए ।उनले मुलुकमा देखिएको आर्थिक संकट, युवाहरुमा देखिएको निराशा, बेरोजगारी समस्या, आधारभूत स्वास्थ्य सेवा, २१ औं शताब्दिमा पनि जातीय छुवाछुत र भेदभाव, लैंगिक हिंसा जस्ता कुरीती अन्त्य हुन नसक्नु, असहिष्णु र घृणाको राजनीतिले समृद्धि र समाजवादको यात्रालाई  अल्मलाइरहेको अवस्थामा समाजवादी जागरण अभियानले नयाँ तरंग ल्याउने विश्वास व्यक्त गरे ।

    उनले पार्टी निर्माणको छोटो अवधिमा चु्नौतीपूर्ण तर अर्थपूर्णरुपमा पार्टीलाई जनताका माझमा स्थापित गरेको जनाए । समाजवादी पार्टीले रुपन्देहीमा जागरण अभियान अन्तर्गत शनिबार धकधईबाट अभियालाई स्वागत गर्ने कार्यक्रम रहेको पार्टी उपसचिव टंक पोखरेलले जानकारी दिए । असोज १४ गते मेचीदेखि शुरु भएको समाजवादी जागरण अभियान २९ गते महाकाली पुगेर समापन हुनेछ । पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, प्रदेश कमिटि सदस्य हिराध्वज शाह, अर्का सदस्य कमल प्रसाद भण्डारी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology