Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

झापामा अरिँगालको टोकाइबाट एक महिलाको मृत्यु

झापामा अरिँगालको टोकाइबाट एक महिलाको मृत्यु

  • 1.1K
    SHARES

  • झापामा अरिँगालको टोकाइबाट एक महिलाको मृत्यु

    दमक, असोज १९ ।

    झापामा अरिँगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । अरिंगालले टोकाइबाट घाइते बन्नुभएकी बाह्रदशी गाउँपालिका– ५ का ६० वर्षीया  रामप्यारी भुर्तेलको उपचारको क्रममा मृत्यु भएको हो ।

    बिहीबार साँझ ५ बजे घरनजिकै घाँस काट्न जाँदा भुर्तेललाई अरिँगालको गोला खनिएको र टोकाइबाट घाइते बनेपछि उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको वडा सदस्य जय तिम्सिनाले जानकारी दिनुभयो । उपचारको क्रममा राति ११ बजे भुर्तेलको मृत्यु भएको जनाइएको छ ।

    अरिंगालले टोकाइबाट मृतककी छोरी लक्ष्मी र ७ वर्षीय नाति घाइते रहेको पनि तिम्सिनाले बताउनुभएको छ । उनिहरुको अवस्था सामान्य छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आश्विन १९ २०८००४:१४:१४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology