बुटवल,असोज १७ ।
जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्यांकनमा पहिलो जिल्ला बनेको छ । गृह सचिव र प्रमुख जिल्ला अधिकारी बीच आर्थिक वर्ष २०७९-८० को कार्यसम्पादन सम्झौता मूल्याङ्कनको आधारमा ७७ जिल्लाहरु मध्य गुल्मी देशै भरवाट उत्कृष्ट जिल्ला बनेको हो ।
यस आर्थिक वर्षमा ९६.४४ अंक प्राप्त गरी अति उत्कृष्ट सहित गुल्मी जिल्लाले प्रमथ स्थान हासिल गर्न सफल बनेको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिनु भएको छ । गृह मन्त्रालयले दिएको छ वटा सूचक मापन भित्र रहेका ७७ वटा उप सूचकहरुलाई पुरा गरी गुल्मीले देशभरका जिल्ला प्रशासन कार्यालय भन्दा आफुलाई अव्बल र उत्कृष्ट जिल्ला बनाउन सफल बनेको हो ।
गृह मन्त्रालयले दिएका सूचकहरुमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, मुद्धा फस्र्योट, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुवाब्जा बितरण तथा विकास सहजिकरण लगायतका विषयहरु रहेका थिए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराउनु लभएको थियो ।गुल्मीलाई उत्कृष्ट जिल्ला बनाउन सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जिल्लाका माननीय तथा जनप्रतिनिधिहरु, अर्धवाषर््िाक कार्यसम्पादनको समयमा कार्यरत प्रजिअ/सप्रजिअ, सुरक्षा निकाय, राजनैतीक दल, कार्यालय प्रमुख तथा कर्मचारी, नागरिक समाज, विभिन्न संघ संस्था एवं सञ्चारकर्मीहरु प्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ ।
७७ वटा जिल्लाहरु मध्य गुल्मी गत आर्थिक वर्षमा पनि कार्यसम्पादन मूल्यांकनमा पहिलो बनेको थियो ।यस पटक गुल्मीसँगै रुकुम (पश्चिम) ९६.१३ अंक प्राप्त गरी दोश्रो र रुपन्देही ९६.०० अंक प्राप्त गरी तेश्रो बन्न सफल भएको छ । गुल्मी उत्कृष्ट जिल्ला घोषणा भएसँगै जिल्लावासीहरु पनि थप खुसि बनेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)