Logo बिहिवार, आश्विन १ गते २०८३
images

सन् २०२५ : अमेरिकाका लागि इडिभीको आवेदन खुला

सन् २०२५ : अमेरिकाका लागि इडिभीको आवेदन खुला

  • 2.0K
    SHARES

  • सन् २०२५ : अमेरिकाका लागि इडिभीको आवेदन खुला

    काठमाडौं,असोज १७ ।

    अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी)को आवेदन आज रातिबाट खुला हुने भएको छ ।

    नेपालस्थित अमेरिकी दूतावासले सन् २०२५ का लागि नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डिभी भर्न सकिनेछ । आज रातिबाट खुल्ने डिभी कात्तिक २९ गते राति १०ः४५ बजे बन्द हुने दूतावासले जनाएको छ । 

    डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ ।

    डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । त्यस्तै, डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने नियम लगाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, आश्विन १७ २०८००६:००:१२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology