युएई,असोज १६ ।
नेपाल मगर संघ शाखा युएई शारजाह क्षेत्रिय समितीको छैटौं अधिबेशन भएको छ ।
क्षेत्रिय समितीको छैटौं अधिबेशनबाट २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदमा नुन सिंजाली मगर निर्बिरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा ओम थापा मगर,सचीवमा दिलु आले मगर,सह सचीवमा छम बहादुर गाहा मगर,कोषाध्यक्षमा ईन्दु गाहा मगर,सह कोषाध्यक्षमा सबिता आले मगर सहित ३३ सदस्य टोली चयन भएको हो ।
नेपाल मगर संघ शाखा युएईका अध्यक्ष मनु गाहा मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रम बरदुबई स्थित सिल्भरस्पून रेस्टुरन्ट मा भएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाल मगर संघ शाखा युएईका अध्यक्ष मनु गाहा मगरले मगर जातीको पहिचान र धर्म संस्कृति हरुको जगेर्ना गर्नुको साथै यूएईमा रहनु भएका सम्पूर्ण मगर समुदायको दुःखहरु लाई एक जुट भएर निराकरण गर्नुपर्ने बताए ।
युएई प्रमुख संरक्षक टंक थापा मगर,डोलराज राना मगर ,नैन घर्ति मगर, बिष्नु राना मगर बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)