Logo बिहिवार, आश्विन १ गते २०८३
images

लकडाउनपछि बन्द रहेको पशुपतिनाथ मन्दिरमा आज क्षमा पूजा हुँदै,भाेलीदेखि दर्शनार्थीका लागि खोलिने

लकडाउनपछि बन्द रहेको पशुपतिनाथ मन्दिरमा आज क्षमा पूजा हुँदै,भाेलीदेखि दर्शनार्थीका लागि खोलिने

  • 2.3K
    SHARES

  • लकडाउनपछि बन्द रहेको पशुपतिनाथ मन्दिरमा आज क्षमा पूजा हुँदै,भाेलीदेखि दर्शनार्थीका लागि खोलिने

    बुटवल,मंसिर ३० -

    लकडाउनपछि बन्द रहेको आरध्यदेव पशुपतिनाथ मन्दिरमा आज क्षमा पूजा हुँदैछ । प्राचीनकालदेखि नियमित पूजा हुँदै आएको मन्दिरमा लामो समयदेखि बन्द हुँदा क्षामा पूजा गर्न लागिएको हो ।

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर प्रदीप ढकालले क्षमा पूजापछि बुधबारदेखि नागरिक स्वास्थ्य सुरक्षा मापदन्ड अपनाएर भोलि बुधबारदेखि दर्शनार्थीका लागि खोलिन लागिएको जानकारी दिए ।

    बुधबारदेखि मन्दिरको पश्चिम ढोकामात्र खोलिनेछ । सोही ढोकाबाट प्रवेश गर्ने र त्यहीँबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।

    मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

    नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो ।

    महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गरेका कोषका पूर्व सदस्यसचिव डाक्टर गोविन्द टण्डनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology