Logo बिहिवार, आश्विन १ गते २०८३
images

समाजमा परिवर्तनमा कलाकारको ठूलो योगदान : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

समाजमा परिवर्तनमा कलाकारको ठूलो योगदान : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

  • 1.6K
    SHARES

  • समाजमा परिवर्तनमा कलाकारको ठूलो योगदान : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

    काठमाडौँ,असोज १६ ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरु राष्ट्रको गौरव भएको बताउनुभएको छ ।

    आज काठमाडौँको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत कालाकारले देश मान प्रष्तिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताउनुभएको हो । 

    कलाकारको गीत संगीत र कालकारितामार्फत सामाजिक चेतना फैलाउन ठूलो योगदान रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कलाकारको कलाकारिताले देशमा सामाजिक न्यायको क्षेत्रमा समेत ठूलो परिवर्तनमा योगदान भइरहेको समेत बताउनुभयो ।कतिपय खराब परम्परा बदल्न गीत संगीत र कलाकारिताको नेपाली समाजमा ठूलो योगदान रहेको उपप्रधानमन्त्री खड्काको भनाइ छ ।

    रक्षामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री खड्काले महिलको हक अधिकारको पक्षमा बोल्ने र सामाजिक कुरीति तोड्न समेत कलाकारिताको ठूलो योगदान  भएको बताउनुभयो । समाजमा परिवर्तन गर्नका लागि गीत संगीत र कलाकारको ठूलो योगदान हुने भन्दै उपप्रधानमन्त्री खड्काले सबैखाले कुरीति हटाउन र समाज रुपान्तरण र परिवर्तनका लागि गीत संगीत र कलाकारिताले ठूलो अस्त्रको रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology