Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेवा: पुच: बुटवलको २३ औं साधारणसभा सम्पन्न

नेवा: पुच: बुटवलको २३ औं साधारणसभा सम्पन्न

  • 2.1K
    SHARES

  • नेवा: पुच: बुटवलको २३ औं साधारणसभा सम्पन्न

    बुटवल,असोज १५ ।

    नेवा: पुच: बुटवलको २३ औं साधारण सभा सोमवार बुटवलमा सम्पन्न  भएको छ । साधारण सभामा वोल्ने हरुले समाजले परिकल्पना गरेका  विषयलाई मुर्त रुप दिनका लागि पहिला विभिन्न संघ संस्थामा आवद्ध रहेका यी समुदायका संस्थाहरुलाई संगठित गर्न जरुरी रहेको औल्याएका छन ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका  मेयर  खेलराज पाण्डेयले जातीय समुदायहरुको हकहितका लागि बुटवल गम्भिर रहेको बताउदै नेपाली थारु र नेवारी समुदायको भाषामा बुटवलको वडापत्र जारी गर्न लागेको खुलासा गर्नु भयो । मेयर पाण्डेयले जातीय पहिचानका आधारमा  वडापत्र जारी गर्ने स्थानिय तहका रुपमा बुटवल नेपालमै पहिलो भएको दावि गर्नु भयो ।NEWA PUCHAA.jpg

    कार्यक्रममा सहभागीहरुलाई   मेयर पाण्डेयले आफनो भाषा धर्म संस्कृति भेष भुसा अरुले बचाई दिन्छ भन्ने भन्दा पनि आफैले गम्भिर भएर संरक्षणमा लाग्न आग्रह गर्नु भयो ।त्यस्तै मणिमुकुन्दसेन उद्यान परिषदका अध्यक्ष माधव नेपालले नेवार समुदायको संस्कृति भाषा जातीगत पहिरन लगायतको कल्चर झल्किने गरि पारिबुटवलमा नेवारी पनाको होमस्ट संचालनमा ल्यान माग गर्नु भयो । 

    नेवा पुचका अध्यक्ष काजीमान श्रेष्ठले विगत लामोसमय देखिनै संस्थाले विभिन्न सामाजिक कार्य गदै आएको र अधिवेशनका समयमा गरिएका प्रतिवद्धताहरुमध्ये तपशिल बमोजिमका पुरा गरेको सुनाउनु भयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरि प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष  ज्ञानु लिगल, लिला बहादुर श्रेष्ठ लगायतले समाजले गरेका कार्यको प्रसंम्सा गर्नु भएको थियो । साधारण सभाले अध्यक्षको वार्षिक प्रतिबेदन र कोषाधयक्ष चिरन्जिवी श्रेष्ठले प्रस्तुत गर्नु भएको लेखाको प्रतिवेदन छलफल सहित पारित भएको सचिव लक्ष्मी श्रेष्ठले बताउनु भयो ।NEWS PUCHA.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology