Logo बिहिवार, आश्विन १ गते २०८३
images

३३ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस : ‘ सरकारले दिएका छुट -सुविधाहरु पाउनै मुस्किल’

३३ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस : ‘ सरकारले दिएका छुट -सुविधाहरु पाउनै मुस्किल’

  • 3.0K
    SHARES

  • ३३ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस : ‘ सरकारले दिएका छुट -सुविधाहरु पाउनै मुस्किल’

    बुटवल,असोज १४ ।

    रुपन्देहीका ज्येष्ठ नागरिकले सरकारले उपलब्ध गराउने भनेर घोषणा गरेका सेवा सुविधाहरु सहजै पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले महिला तथा बालबालिका मन्त्रालयले उपलब्ध गराएको ज्येष्ठ नागरिक परिचय पत्रमा उल्लेख गरिएका छुट तथा सुविधाहरु पाउन मुस्किल परेको बताए । ज्येष्ठ नागरि एेनले तोकेको यातायात तथा स्वास्थ्य उपचारमा ५० प्रतिशतको छुट नपाउँदा मर्कामा परेको सुनाए ।

    ३३ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले गरेको अन्तरक्रिया तथा स्वास्थ्य शिविर कार्यक्रममा बोल्ने ज्येष्ठ नागरिकले सहजै सेवा सुविधा पाउनुपर्ने माग गरे । समाजले बुटवल ११ मा रहेको श्री नवदुर्गा मन्दिरमा अन्तरक्रिया तथा स्वास्थ्य शिविर कार्यक्रम गरेको हो । nagarik.jpg

    समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराई कृष्णले समाजले देबीनगरका ज्येष्ठ नागरिकलाइ समेटेर कार्यक्रम गरिएको र उनीहरुलाइ मिठाइ फलफूल तथा लस्सी खुवाइएको बताउनुभयो ।

    खिमप्रसाद भट्टराई कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा  बोल्दै प्रमुख अतिथि राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले ज्येष्ठ नागरिकलाइ उचित सम्मान दिनुपर्ने बताउनुभयो । उहाँले बुटवल ११ मा ज्येष्ठ नागरिकलाइ बस्ने र रमाउने बाटीका बनाउन पहल गर्ने उल्लेख गर्नुभयो  ।

    समाजका केन्द्रिय सल्लाहकार तथा निबर्तमान सभापति गोविन्द खनालले हरेक जेष्ठ नगरिकले परिवारमा आत्मसम्मान बोध गर्ने बाताबरण हुनुपर्ने र युवापु्स्ताले मातापितालाइ माया दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले जेष्ठ नगरिकलाइ स्वास्थ र मनोरञ्जनको यथेष्ट प्रबन्ध हुनुपर्ने र सहयोगापेक्षी जेष्ठ नागरिकलाई सरकारले सबै जिम्मेवारी लिई सम्मानित जीवन यापनको ब्यबस्था गर्नुपर्ने धारणा राख्नुभयो।

    सो अबसरमा बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री,बुटवल ११ ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष दण्डपानी पौडेल,बाबुराम खनाल,मन्दिर भजन मण्डलीका राधिका ज्ञवाली,क्षितिज टोलका अध्यक्ष भगवती पन्थी,पूर्व डिएसपी बिष्णुबहादुर कार्की लगायतले बोल्दै सरकारले सम्मान सम्मान गर्न नसकेको गुनासो सुनाए ।sibir santi.jpg

    समाजका जिल्ला उपसभापति कपिल ज्ञवालीको स्वागत तथा  सचिव कृष्ण प्रसाद पाण्डेको संचालनमा भएको कार्यक्रमको संयोजन समाजका कार्यसमिति सदस्य अर्जुन कुवरले गर्नुभएको थियो ।

    स्वास्थ्य शिविरमा करिब १२० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । शिबिरका लागि साझा हस्पिटल प्रालिका डा.लक्ष्मण शर्मा,डा.सागर रिमाल,डा. राहुल अग्रहरी तथा प्राविधिक टीममा तिर्सा ज्ञवाली,राेशनी पाैडेल र माेनिका लम्देल खटिनुभएको थियो ।sibir.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology