Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीको पहिचानका लागि कार्तिक १५देखि २५ सम्म महोत्सव हुँदै,६० करोड कारोबारको अपेक्षा

गुल्मीको पहिचानका लागि कार्तिक १५देखि २५ सम्म महोत्सव हुँदै,६० करोड कारोबारको अपेक्षा

  • 1.5K
    SHARES

  • गुल्मीको पहिचानका लागि कार्तिक १५देखि २५ सम्म महोत्सव हुँदै,६० करोड कारोबारको अपेक्षा

    गुल्मी,असाेज १४ ।

    गुल्मीको समग्र पहिचानका लागि तम्घासमा महोत्सव हुने भएको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ९ तम्घासस्थान मन्दिर नजिकै गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

    दशै र तिहारको बीचमा बिदामा गुल्मी आउनेहरूको लागि मौका पारेर गुल्मी चिनाउनका कार्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको ऐतिहासिक प्रथम महोत्सव संचालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

    रेसुंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले तम्घासस्थान मन्दिरबाटै तम्घासको नाम रहेकोले र मन्दिरमा सफल दाम्पत्य जीवनको लागि भाकल चढाउने भएकोले यो महोत्सव निकै महत्त्वपूर्ण रहेको उनले बताए । उनले दशै र तिहारको बीचमा गुल्मी आउनेहरूको लागि अवसर पारेर समग्र गुल्मेली र अर्घाखाँचीबाट दर्शक भित्र्याउने गरी महोत्सवमा सहजीकरण हुने बताएका छन् ।

    आर्थिक चलायमानको लागि आफूहरूले महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले बताए । उनले आर्थिक प्रतिकूलता हुँदाहुँदै पनि गुल्मीको पहिचानका लागि आफूहरूले गुल्मीको ऐतिहासिक प्रथम महोत्सव आयोजना गरेको बताएका छन् । ‘मेलापर्वको रौनकमा थप रौनकता थप्न महोत्सव राखिको हो’ संघका अध्यक्ष भुसालले भने, “महोत्सवबाट पर्यटन प्रवर्द्धन, तम्घासस्थान मन्दिरको प्रचारप्रसार र जाउँ हिड् रेसुंगासँगै समग्र गुल्मीको पहिचान हुनेछ ।”

    संघले अध्यक्ष नवराज भुसालको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर तयारी तिव्र पारेको छ । संघले महोत्सव व्यवस्थापनका लागि विभिन्न समितिहरु गठन गरेर तयारी गरिरहेको छ । ११ दिनसम्म चल्ने गुल्मीको ऐतिहासिक प्रथम महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड बराबरको कारोबार गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।

    महोत्सवमा कृषि र पशुपालनलाई प्राथमिकता, पर्यटन प्रवर्द्धनका जोड, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, तम्घासस्थान मन्दिरलाई चिनाउने, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, गुल्मीको आर्थिक अवस्थालाई चलायमान गराउने र स्थानीय स्तरका सबै प्रकारका पहिचानलाई चिनाउने गरि महोत्सव संचालन गर्ने गुल्मी उद्योग संघले जनाएको छ ।

    पत्रकार सम्मेलनको संचालन उद्योग संघका महासचिव सुदर्शन खनालले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology