Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डाक्टरहरू र सरकारबीच ६ बुँदे सहमति,आन्दोलन फिर्ता

डाक्टरहरू र सरकारबीच ६ बुँदे सहमति,आन्दोलन फिर्ता

  • 1.5K
    SHARES

  • डाक्टरहरू र सरकारबीच ६ बुँदे सहमति,आन्दोलन फिर्ता

    बुटवल,असाेज १४ ।

    आन्दोलनरत डाक्टरहरू र सरकारबीच सहमति भएको छ। शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच भएको सहमति भएको हो।

    बिरामीका आफन्तहरूले विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरूमाथि आक्रमण गरेको विरोधमा डाक्टरहरूले सरकारसँग सुरक्षा माग गर्दै प्रदर्शन गरिरहेका थिए। उनीहरूले सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए।

    शनिबार सरकार र आन्दोलनरत डाक्टहरूबीच ६ बुँदे सहमति भएको हो।

    सहमति पत्रमा डाक्टहरूका तर्फबाट स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरे र सरकारकातर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा.दिपेन्द्र रमण सिंहले हस्ताक्षर गरेका छन्।AGREEMENT.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology